ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुआब्जा दिएर मात्रै हेटौंडा सडक विस्तार गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण


एबीसी न्यूज
१२ भदौ २०८०, मंगलबार   ३ : १२   बजे

काठमाडौं, १२ भदौ । मकवानपुरका सांसदसहितको टोलीले हेटौंडामा सडक विस्तारका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड० को ध्यानाकर्षण गराएको छ।

सडक विस्तार गर्ने सरकारको कामलाई कसैले बाधा, अबरोध नगर्ने तर, सडक विस्तारकै कारण हेटौंडाको एचआइडी, मेनरोड, रापतीरोडका घरधनी र व्यावसायीहरु सुकुम्वासी हुने भएकाले मुआब्जा दिएर मात्र भत्काउन माग गरेका हुन्।

आज ९मंगलबार० मकवानपुरका संघीय, प्रदेश सांसद, राष्ट्रिय सभाका सदस्य, पूर्व सांसदहरु सहितको टोलीले हेटौंडाको मुख्य बजार क्षेत्रमा सडक विस्तार गर्दा यहाँका घरधनी र व्यावसायीहरुलाई उचित क्षतिपूर्ति र मुआब्जा दिएर मात्र सडक विस्तार गर्नका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन्।

हेटौंडाको रातोमाटेदेखि रापतीपुल सम्मको राजमार्ग विस्तार गर्दा यहाँ पर्ने घरधनीहरुलाई मुआब्जा दिनुपर्ने उनीहरुले माग राखेका हुन्।

प्रधानमन्त्रीलाई भेट गरेर सांसदहरुको टोलीले पहिले यहाँका घरहरुको लगत संकलन गर्नुपर्ने र त्यसपछि मुआब्जा दिएर भत्काउनका लागि ध्यानाकर्षण गराएका हुन्।

संघीय संसदमा मकवानपुरबाट प्रतिनिधित्व गर्ने चार सांसदहरू महेश कुमार बर्तौला, दीपकबहादुर सिंह, विन्दवासीनी कंशकार, राष्ट्रिय सभाका सदस्य रामचन्द्र राई, पूर्व सांसदहरु कृष्णप्रसाद दाहाल, अनन्त पौडेल, प्रदेश सभाका सदस्य लक्ष्मी श्रेष्ठ, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद गुप्ता अग्रवाल लगायतको टोलीले आज विहान प्रधानमन्त्रीलाई भेट गरेको हो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विश्वकप फुटबलको उपाधिका लागि आज मध्यराति अर्जेन्टिना र स्पेनबीच कडा प्रतिस्पर्धा हुने

सांसदका स्वकीय सचिव घरयासी सहयोगी होइन, सूचना प्रविधिमा दक्ष हुनुपर्छ: पोखरेल

सम्बन्धित

पहिले मान्छे विदेश गए भनेर खपिनसक्नु थियो, अहिले त्योभन्दा बढी जाँदा चुपचाप छन् : केपी शर्मा ओली

विश्वभर रहेका आफ्ना नागरिकलाई शतर्क रहन अमेरिकाको आग्रह, नयाँ सुरक्षा चेतावनी जारी

सांसदका स्वकीय सचिव घरयासी सहयोगी होइन, सूचना प्रविधिमा दक्ष हुनुपर्छ: पोखरेल

श्रीलंकाबाट स्वदेश फर्किए प्रचण्ड

फेसबुकको ब्राउजर भर्सन डाउन

पहिरोले थुनियो पोखराको सेती नदी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu