ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चालु पुँजी कर्जा मार्गदर्शन संशोधन : व्यवसायी भन्छन्– केही राहत, तर अर्थतन्त्र चलायमान हुँदैन


एबीसी न्यूज
१२ भदौ २०८०, मंगलबार   ३ : २५   बजे

काठमाडौं, १२ भदौ । नेपाल राष्ट्र बैंकले अर्थतन्त्रलाई चलायमान बनाउन चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९, संशोधन गरेको छ । संशोधित मार्गदर्शनमा उद्योगी र व्यवसायीलाई केही राहत दिन खोजिएको छ ।

चालु पुँजी कर्जाका विभिन्न खातामध्ये क्यास क्रेडिटमा आर्थिक वर्षको कुनै एक समयमा कम्तीमा लगातार सात दिन कर्जासीमाको १० प्रतिशतभन्दा कम बक्यौता कायम गर्नुपर्ने व्यवस्था छ । पहिलो वर्षका लागि ऋणीले लगातार सात दिन कुल कर्जासीमाको ३० प्रतिशतभन्दा कम बक्यौता कायम गर्न सक्नेछन् । दोस्रो वर्षका लागि ऋणीले लगातार सात दिन कुल कर्जासीमाको २० प्रतिशतभन्दा कम बक्यौता कायम गर्न सक्नेछन् ।

तेस्रो वर्षपछि ऋणीले लगातार सात दिन कुल कर्जासीमाको १० प्रतिशतभन्दा कम बक्यौता कायम गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यसअघि यस्तो बक्यौता शून्यमा झार्नुपर्ने व्यवस्था थियो ।

नयाँ व्यवस्थाले व्यवसायीले केही राहत महसुस गरेका छन् । समग्र बैंकिङ प्रणालीबाट कुल एक करोड रुपैयाँसम्म चालु पुँजी कर्जा उपयोग गर्ने ऋणीको हकमा यो मार्गदर्शन लागु नहुने बताइएको छ ।

उत्पादनमूलक उद्योगको हकमा भने तीन करोडसम्मलाई मार्गदर्शन लागु हुने छैन ।

संशोधित चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनले केही राहत दिए पनि समग्र अर्थतन्त्रलाई सम्बोधन नगरेको व्यवसायीको भनाइ छ । समग्र अर्थतन्त्रलाई चलायमान बनाउनेतर्फ मार्गदर्शन लक्षित नभएको नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले बताए । “उत्पादनमूलक उद्योगलाई राहत दिन खोजेको छ, तर समग्र अर्थतन्त्रलाई यो संशोधनले चलायमान बनाउँदैन,” उनले भने ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले पनि यसले अर्थतन्त्रलाई चलायमान नबनाउने जिकिर गरे । “पहिले चालु पुँजी कर्जा आर्थिक वर्षको कुनै सात दिन शून्यमा झार्नुपर्ने व्यवस्था थियो, अहिले १० प्रतिशतभन्दा कम राख्नुपर्ने व्यवस्था भएको छ,” उनले भने, “यो व्यवस्थाले केही राहत त दियो, तर समग्र अर्थतन्त्र चलायमान भने हुँदैन । संशोधन मार्गदर्शनले उत्पादनमूलक उद्योगलाई बढी प्राथमिकता दिएको छ ।”

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवालले पनि उत्पादनमूलक क्षेत्रलाई बढी प्राथमिकता दिएर मात्र अर्थतन्त्र चलायमान हुन नसक्ने बताए । “चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनमा हाम्रा केही माग सम्बोधन भए ।

उत्पादनमूलक क्षेत्रलाई लचिलो बनाइएको छ, उत्पादनमूलक उद्योगको जीडीपीमा योगदान ठूलो छैन,” उनले भने, “अन्य उद्योग तथा व्यवसायलाई प्राथमिकता नदिएर अर्थतन्त्र चलायमान हुँदैन ।

तर, उक्त संशोधनले अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने राष्ट्र बैंकको अपेक्षा छ । संशोधित व्यवस्थाले निर्माण व्यवसायीलाई सहयोग पुग्ने राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले जिकिर गरे ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विश्वकप फुटबलको उपाधिका लागि आज मध्यराति अर्जेन्टिना र स्पेनबीच कडा प्रतिस्पर्धा हुने

सांसदका स्वकीय सचिव घरयासी सहयोगी होइन, सूचना प्रविधिमा दक्ष हुनुपर्छ: पोखरेल

सम्बन्धित

पहिले मान्छे विदेश गए भनेर खपिनसक्नु थियो, अहिले त्योभन्दा बढी जाँदा चुपचाप छन् : केपी शर्मा ओली

विश्वभर रहेका आफ्ना नागरिकलाई शतर्क रहन अमेरिकाको आग्रह, नयाँ सुरक्षा चेतावनी जारी

सांसदका स्वकीय सचिव घरयासी सहयोगी होइन, सूचना प्रविधिमा दक्ष हुनुपर्छ: पोखरेल

श्रीलंकाबाट स्वदेश फर्किए प्रचण्ड

फेसबुकको ब्राउजर भर्सन डाउन

पहिरोले थुनियो पोखराको सेती नदी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu