ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ब्याजदरको उतारचढाव कम गर्न खुला बजार कारोबार विनियमावली संशोधन


एबीसी न्यूज
१३ भदौ २०८०, बुधबार   ३ : ३४   बजे

काठमाडौं, १३ भदौ । नेपाल राष्ट्र बैंकले वित्तीय बजारमा तरलता व्यवस्थापन गर्ने बजार ब्याजदरलाई व्यवस्थित गर्न खुला बजार कारोबार विनियमावलीको तेस्रो संशोधन गरेको छ।

राष्ट्र बैंकले अल्पकालिन ब्याजदरमा आउने उतारचढाव न्यूनीकरण गर्दै ब्याजदरलाई मौद्रिक नीतिले तय गरेको ब्याजदर करिडोर कायम गर्न विनियमावलीको तेस्रो संशोधन गरेको हो।

वित्तीय बजारमा देखिने साधारण प्रकृतिको न्यून(अधिक तरलतालाई व्यवस्थापन गर्न आवश्यकताअनुसार साताको कुनै पनि कार्य दिनमा बढीमा चौध दिनसम्मलाई उपकरणमा आधारित खुल्ला बजार कारोबार गर्न सकिने उल्लेख छ।
नियममित र खुलाबजार कारोबार तत्कालिन आवश्यकता र परिस्थति बमोजिम लिन पाइने भएको छ।

खुल्ला बजार कारोबारको अधिकतम् बक्यौता ३० अर्ब ननाघ्ने गरी गरी दैनिक १० अर्ब हुने उल्लेख छ।

के हो खुला बजार कारोबाररु
बजारमा तरलता व्यवस्थापन गर्ने र ब्याजदरलाई प्रभाव पार्ने उद्देश्यका साथ केन्द्रीय बैंकले छोटो अवधिका सरकारी ऋणपत्रहरू खुला बजारमा खरिद–बिक्री गर्ने कार्यलाई खुला बजार कारोबार भनिन्छ ।

खुला बजारमा केन्द्रीय बैंकले ऋणपत्र खरिद गर्दा बैंक तथा वित्तीय संस्थाहरूले केन्द्रीय बैंकबाट नगद प्राप्त गर्ने भएकाले बजारमा मुद्राको आपूर्ति बढ्छ र ब्याजदर कम हुन जान्छ।

त्यस्तै, खुला बजारमा ऋणपत्र बिक्री गर्दा बैंक तथा वित्तीय संस्थासँग भएको अधिक तरलता प्रशोचन हुन गई बजारमा मुद्राको आपूर्ति कम हुन जान्छ र ब्याजदर बढ्छ ।

नेपाल राष्ट्र बैंक, राष्ट्र ऋण व्यवस्थापन विभागअन्तर्गत रहेको ‘खुला बजार कारोबार सञ्चालन समिति’ले मौद्रिक नीतिका उद्देश्यहरू प्राप्त गर्न नियमित, आकस्मिक एवं संरचनात्मक प्रकृतिको तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंक, आर्थिक अनुसन्धान विभागले तयार गर्ने तरलता अनुगमन तथा प्रक्षेपण संरचनासम्बन्धी प्रतिवेदन तथा निक्षेप एवम् कर्जाको विस्तार, अन्तरबैंक ब्याजदर, विदेशी विनिमयको प्रवाहलगायतका वित्तीय सूचकका आधारमा आवश्यकताअनुसार खुला बजार कारोबार सञ्चालन गर्दछ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group