ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोखराबाट ४२ यात्रु लिएर फर्कियो भुटानको ड्रुक एयर


एबीसी न्यूज
२३ भदौ २०८०, शनिबार   ९ : ०९   बजे

पोखरा, भदौ २३ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रु लिएर पहिलोपल्ट भुटानको ड्रुक एयरले व्यावसायिक उडान भरेको छ । भुटानको पारो विमानस्थलबाट चालक दलका तीन सदस्यसहित शनिबार बिहान ६स्४५ मा पोखरा ओर्लिएको जहाज ४२ युरोपेली पर्यटक बोकेर ८:१५ मा थिम्पु फर्किएको हो ।सञ्चालनमा आएको ८ महिनापछि पहिलोपल्ट अन्तर्राष्ट्रिय उडानबाट विमानस्थललाई आम्दानी भएको विमानस्थल प्रमुख देवचन्द्रलाल कर्णले बताए ।
यसअघि चीनको सिचुवान एयरलाइन्सले छेङ्दुबाट चार्टर्ड उडान गरी पोखरा आएको थियो । उक्त विमान फर्किंदा रित्तै फर्किएको थियो ।

भारत, नेपाल र भुटान घुम्ने गरी आएका खर्चालु युरोपेली पर्यटक ड्रुक एयर चार्टर गरी थिम्पु पुगेका हुन् । जहाज भारतीय एजेन्सीले नै चार्टर गरेको हो । उनीहरू तीन दिन पोखरामा बसेर विभिन्न साहसिक गतिविधिमा सामेल भएका थिए । उक्त टोली शुक्रबार आठवटा हेलिकप्टरमार्फत कुरिनटार पुगेर मर्स्याङ्दी नदीमा र्‍याफ्टिङ गरी हेलिकप्टरमै पोखरा फर्किएको थियो ।पोखरा पर्यटन परिषद्को नेतृत्वमा पर्यटन व्यवसायीले विमानस्थलमा ड्रुक एयरका चालक दललाई स्वागत र थिम्पु जाने पर्यटकलाई बिदाइ गरे ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज कोशी, लुम्बिनी, बागमती र गण्डकी प्रदेशका एकरदुई ठाउँमा ठूलो वर्षाको सम्भावना

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

सम्बन्धित

आज कोशी, लुम्बिनी, बागमती र गण्डकी प्रदेशका एकरदुई ठाउँमा ठूलो वर्षाको सम्भावना

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

बिजुलीको कर हटाउँदै बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्याम, आर्थिक सुधारदेखि आवाससम्मका महत्वाकांक्षी योजना

विद्यालयले शिक्षा कर उठाएको भए फिर्ता गर्ने

स्वास्थ्य, शिक्षामा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu