ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश नम्बर ३ को एमाले संसदीय नेतामा डोरमणी पौडेल विजयी, उपाध्यक्ष शाक्य पराजित


ABC NEWS
२६ माघ २०७४, शुक्रबार   १२ : ५८   बजे

काठमाडौं २६ माघ । प्रदेश ३ को एमाले संसदीय दलको नेतामा डोरमणी पौडेल विजयी भएका छन् । पौडेलले दलको चुनावमा ५८ मत खसेकोमा ३४ मत पाएर विजयी भएका हुन् । प्रतिस्पर्धी पार्टी उपाध्यक्ष समेत रहेकी अष्टलक्ष्मी शाक्यले २४ मत मात्र प्राप्त गरिन । एमाले प्रदेश सभा संसदीय दलमा ३ नं. सबैभन्दा पेचिलो बनको थियो । मुख्यमन्त्रीको आकांक्षीहरु माधव नेपाल पक्षीय शाक्य, राजेन्द्र पाण्डे, पशुपति चौलागाईं र अरुण नेपाल रहेका थिए । त्यसो त पूर्व मेयर केशव स्थापितले पनि आफूलाई दलको नेता बनाउनु पर्ने लविंग गरेका थिए । अन्तमा चर्चामा नरहेका हेटौंडाका डोरमणि पौडेल पार्टी संस्थापन पक्षबाट दलको नेता बन्दै मुख्य मन्त्री बन्ने भएका छन् ।

को हुन डोरमणी पौडेल ?

नेपाल नगरपालिकाका संघको २०५४ सालदेखि हालसम्म अध्यक्ष रहेका पौडेल तत्कालिन हेटौंडा नगरपालिकाको २०४८ र २०५४ मा निर्वाचित मेयर हुन् । २ पटक नगरपालिकाको नेतृत्व गरेका थिए ।

राज्य पुनर्संरचना उच्चस्तरीय सुझाव आयोगमा सदस्य भएर काम गरिसकेका पौडेल, अन्तर्राष्ट्रिय संस्था यूसीएलजीको उपाध्यक्ष, सिटीनेटको कार्यकारी सदस्य, मकवानपुर बहुमुखी क्याम्पसको अध्यक्ष, शहीद स्मारक विकास समितिको अध्यक्ष समेत भैसकेका छन्।

काठमाडौंको तत्कालिन फर्पिङ्ग गाविसमा वि।स। २००२ साल चैत १५ गते जम्मेका उनको स्थायी ठेगाना मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११, नवलपुर हो । मायानाथ पौडेल र कुलकुमारी पौडलका सुपत्र डोरमणीले मानविकी संकायमा स्नातक सम्मको औपचारिक अध्ययन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group