काठमाडौं, २६ माघ । नेकपा एमाले प्रदेश नम्बर १ को संसदीय दलको नेतामा शेरधन राई संग पराजित भएपछि भीम आचार्यले पार्टीलाई एक बनाएर लानुपर्ने बताएका छन् ।
एमालेका सचिव समेत रहेका आचार्यले शेरधन राईसँग पराजित भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै एक नम्बर प्रदेशलाई समृद्ध बनाउन आफूले सघाउने दाबी गरेका हुन ।
‘हामी एउटा विधि र प्रक्रियामा गएका हौँ । निर्वाचनमा हामी अलग थियौँ अब एकै भयौँ’, उनले भने, ‘यसो गरेर जानै पर्ने पनि थियो । अव निर्वाचन प्रक्रिया पछि हामी एक भएका छौ अव पार्टीलाई एकढिक्का बनाउन आफू सक्रिय हुने आचार्यको भनाई थियो । ‘शेरधन राईको जित पनि मेरै हो’, उनले भने, ‘प्रदेश एकलाई समृद्ध बनाउन मेरो सहयोग जारी रहन्छ ।’
प्रतिक्रिया दिनुहोस्