ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जेष्ट आइडियोलोजी सहकारीको १४औं साधारण सभा सम्पन्न,


ABC NEWS
२३ आश्विन २०८०, मंगलबार   ५ : ५७   बजे

काठमाडौं २३ अशोज ।
देशभरी सहकारी संस्थाहरुको चिलबिल परेको समय जेष्टआइडियोलोजी बचत तथाा ऋण न्युरोड शाखाले आफ्नो १४ औ बार्षिक साधारण सभा कार्की बैंकेट बवर्महलमा सम्पन गरेको छ।
आफ्नो संस्थाले लगानीकर्ताहरुको भावनाको कदर र आफुहरुले संस्थामा रहेर कर्तब्यको पालना गरेकोले सबैको साथ माया र सदभाब भाएको संस्थाका सचिब बाबुराम आचार्यले बताएका छन् । संस्थामा रहेर इमान्दार पुर्वक लगानीकर्ताहरुको लगानीलाई बुझ्न सकियो भने सहकारीहरुसंग लगानीकर्ताहरु डराउनु पर्ने अवस्था नरहेको पनि उनले बताए ।उनले बिश्व नै कोरोना माहामारीले तहस नहस भएको र यसलेगर्दा हरेक सेक्टरमा असर गरेकोले केही तरलता देखिए पनि आफ्नो संस्थाले लगानीकर्ताको बिस्वासलाई आत्मसात गरेको बताए ।

संस्थाका अध्यक्ष हेम बहादुर कार्कीको अध्यक्षता एवं नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष राजेन्द्र मल्लको प्रमुख आतिथ्यता कार्यक्रम संचालन गरिएकोथियो ।

साधारण सभामा संस्थाका अध्यक्ष हेम बहादुर कार्कीले आर्थिक बर्ष २०७९र०८० को बार्षिक प्रतिवेदन सभामा प्रस्तुत गर्दै मुलुकमा आएको आर्थिक मन्दीका बीचमा पनि संस्थाको वित्तीय संरचनालाई मजबुद बनाउँदै अगाडी बढेको बताए । संस्थाले सहकारी मुल्य, मान्यता र सिद्धान्तलाई आत्मसात गर्दै पल्र्स अनुगमन प्रणाली अनुसार वित्तीय कारोवारलाई अगाडी बढाएकाले आर्थिक मन्दीका बीचमा पनि संस्थाको वित्तीय संन्तुलन कायम गर्न सकेको उनको भनाई थियो । सदस्यहरुलाई सहज वित्तीय सेवा प्रदान गर्ने उदेश्यले संस्थाले मोबाईल बैकिङ्ग, ई टेलर, मिस्ड कल सेवा, क्यु आर भुक्तानी, फन्ड ट्रान्सफर जस्ता थुप्रै सुविधा प्रयोगमा ल्याएको उनले सभामा बताए ।

आर्थिक वर्ष ०७९र०८० को वित्तीय विवरण अनुसार संस्थाको जगेडा तथा अन्य कोषमा गरी २० करोड ७२ लाख ५५ हजार रहेको छ । गत असार मसान्तसम्म शेयर पुँजी १० करोड १४ लाख ५० हजार ,बचत संकलन १ अर्व ११ करोड ९० लाख ७० हजार , ऋण लगानी १ अर्व ६६ करोड २४ लाख ५३ हजार र बाह्य ऋण ३७ करोड २३ लाख ७६ हजार रहेको जानकारी गराइएको थियो ।

२ करोड ७६ लाख ३७ हजार ७८२ रुपैयाँ कर अघिको नाफा रहेको संस्थाको कूल सम्पति १ अर्व ९२ करोड ८१ लख २३ हजार ७२० रुपैंयाँ रहेको छ । संस्थाको जोखिम कोषमा ९ करोड ३१ लाख ५६ हजार रहेको छ । संस्थाले गत आ।ब।मा १ करोड ५१ लाख १४ हजार रुपैंयाँ सरकारलाई राजश्व तिरेको पनि सभामा जानकारी दिइएको थियो ।

५ हजार ८५५ सदस्य रहेको संस्थाको काठमाडौंमा मैतिदेवी र काँडाघारीमा सेवा केन्द्र रहेको छ । त्यसैगरी संस्थाले ओसज आयुर्वेदिक हस्पिटल र हिमाल डेन्टल हस्पिटलसँगको सहकार्यमा सदस्यलाई स्वास्थ्य सेवामा २५ प्रतिशत छुट पाउने ब्यवस्था मिलाएको संस्थाका सचिव बाबुराम आचार्यले जानकारी दिए । संस्थाले यसै वर्षमा रक्तदान, विज्ञ सदस्य सम्मान, जेष्ठ सदस्य सम्मान तथा निःशुल्क स्वास्थ्य परिक्षण जस्ता कार्य गरेको पनि उनले बताए ।

सभा संचालन संस्थाका सचिब बाबुराम आचार्यले गरेका थिए भने लेखा समिति प्रतिवेदन संयोजक मोहनबहादुर बुढाथोकीले प्रस्तुत गरेका थिए । साधारण सभामा जिल्ला सहकारी संघ, राष्ट्रिय सहकारी बैंक, नेफस्कुन र विभिन्न संघरसंस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group