ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेको समानुपातिक सांसद को को ?


admin
२६ माघ २०७४, शुक्रबार   ६ : २१   बजे

काठमाडौं, २६ माघ । निर्वाचन आयोगले शुक्रबार प्रतिनिधिसभाको समानुपातिकको सिट बाँडफाँट गरेको छ । आयोगले पाँच दललाई तीन दिनभित्र बन्द सूचीबाट नाम चयन गरेर पठाउन पत्र काटेको छ।

समानुपातिकतर्फ ३ प्रतिशत मत कटाएका एमाले, कांग्रेस, माओवादी केन्द्र, राजपा र फोरमलाई आयोगले तीनदिन भित्र पार्टीको केन्द्रीय समिति वा सो सरहको निकायबाट समावेशी सिद्धान्तका आधारमा उम्मेदवारको नाम चयन गर्न आग्रह गरको छ।

समानुपातिकमा एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७ र संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले ६र६ जना सांसद पाएको निर्वाचन आयोगले जनाएको छ।

नेपालको संवैधानिक व्यवस्था अनुसार संघीय संसदमा कुनै पनि दलबाट कम्तिमा एक तिहाइ महिलाको प्रतिनिधित्व हुनुपर्ने व्यवस्था छ। त्यस्तै कानुनमा उल्लेख भएको सातवटा कल्स्टरको अनुपातअनुसार निर्वाचित गर्नुपर्ने हुन्छ ।

कल्स्टर अनुसार प्रत्येक पार्टीबाट खस आर्यको ३१।२ प्रतिशत, आदिवासी जनजातीको २८।७ प्रतिशत, थारु ६।६ प्रतिशत, दलित १३।३ प्रतिशत, मधेसी १५।३ प्रतिशत, मुस्लिम ४।४ प्रतिशत र पिछडिएको क्षेत्रबाट ४।३ प्रतिशत उपस्थिती हुनुपर्नेछ।

निर्वाचनको मतपरिणाम अनुसार एमालेले प्रत्यक्षमा ८० सिट जितेको छ । निर्वाचन आयोगलाई आधार मान्दा समानुपातिकमा ४१ गरी एमालेले प्रतिनिधिसमामा एक सय २१ सिट र राष्ट्रियसभामा २७ सदस्य जित्दै संघीय संसदमा एक सय ४८ सिट जितेको छ।

एमालेले सवैधानिक व्यवस्था अनुसार अब कम्तिमा ४९ जना महिला संघीय संसदमा प्रतिनिधित्व गराउनुपर्छ।

प्रतिनिधिसभा र राष्ट्रियसभा गरी एमालेबाट जम्मा १३ जना महिलाले जितेका छन्। अब ४१ समानुपातिक सांसदमध्ये कम्तीमा ३७ जना महिला निर्वाचित गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ।

एमालेको समानुपातिकबाट जम्मा चार जना पुरुष सांसद बन्न पाउने भएका छन्।

तीनजना पुरुष छनौट गर्दा सातवटै क्ल्स्टरको पहिलो नम्बरमा रहेका उम्मेदवार मध्येबाट छान्नुपर्ने कानुनी व्यवस्था छ। खस आर्यको पहिलो नम्बरमा रहेका मुकुन्द न्यौपाने, आदिवासी जनजाती कोटाको पहिलो नम्बरमा रहेका विजय सुब्बा, थारु कोटाको पहिलो नम्बरमा रहेका मझिलाल थारु, दलितको पहिलो नम्बरमा रहेका रामप्रित पासवान, मधेसी कोटाको पहिलो नम्बरमा रहेका मोतिलाल दुगड, मुस्लिम कोटाको पहिलो नम्बरमा रहेका समिम मियाँ अन्सारी र पिछडिएको क्षेत्रको पहिलो नम्बरमा मोहन बानियाँमध्ये चारजनाले मात्र सांसद बन्ने अवसर पाउने भएका छन्।

त्यस्तै ३७ जना महिलाको छनौट पनि यही सूत्रका आधारमा हुनेछ जसअनुसार आदिवासी जनजातिबाट ११ जना महिला पठाउनुपर्छ।

एमालेले बुझाएको बन्द सूचीको महिला क्रमसंख्या ११ सम्मका उम्मेदवार निर्वाचित गर्नुपर्ने बाध्यात्मक व्यवस्था भएकाले थममाया थापा मगर, डा। शिवमाया तुम्बाहाम्झे, सुजिता शाक्य, रामकुमार झाँक्री, बिना श्रेष्ठ, तुलसी थापा, नविना लामा, शान्तिमाया तामाङ, कुमारी मेचे, विनादेवी बूढाथोकी मगर र रणकुमारी बलमपाकी चुनिने छन्।

त्यस्तै खस आर्यबाट राधा ज्ञावली, विन्दा पाण्डे, गोमा देवकोटा, कल्याणीकुमारी खड्का, निरुदेवी पाल, मनकुमारी जिसी, मायादेवी न्यौपाने, विष्णु शर्मा, सरिता न्यौपाने, मेनाकुमारी भण्डारी र तीर्था गौतम निर्वाचित गर्नुपर्छ।

त्यस्तै थारु कोटाबाट दुई मात्र चुनिनेछन्। थारुको कोटाको पहिलो नम्बरमा रहेकी शान्ता चौधरी र दोस्रो नम्बरमा रहेकी लक्ष्मीकुमार चौधरी सांसद बन्नेछिन्।

दलित कोटाबाट निरादेवी जैर, विमला विश्वकर्मा, विमला विक, पार्वतीकुमारी विसुङ्गे र सानु शिवाले सांसद बन्नेछन्।

एमालेले मधेसी कोटाबाट ६ जना महिला पठाउनुपर्ने भएको छ। बन्द सूचीमा नाम रहेका जुलीकुमारी महतो, डा। पुष्पाकुमारी कर्ण, सरलाकुमारी यादव, रेखाकुमारी झा, सिरताकुमारी गिरी र सीता यादव मधेसी महिला कोटामा छानिने छन्।

यस्तै मुस्लिम कोटाबाट कालिला खान र समिना हुसेन सांसद बन्ने भएका छन्। पिछडिएको कोटाबाट पनि दुई जना मात्र महिला सांसद बन्न पाउने भएका छन्। बन्द सूचीअनुसार आशाकुमारी विक पिछडिएको क्षेत्रबाट सांसद बन्नुहुनेछ। बन्द सूचीमा पिछडिएको क्षेत्रबाट दोस्रो महिलाको नाम नभए पनि त्यसै क्लस्टरबाट अर्की महिला छान्नुपर्ने बाध्यता एमालेलाई छ।

दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्षबाट एक सय ६५ जना निर्वाचित भैसकेका छन् र अब समानुपातिकबाट एकसय १० जना निर्वाचित गर्ने प्रक्रिया सुरु भएको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group