काठमाडौ २८ असोज । देशका धेरै ठाउँको मौसम धुम्मिएको छ । धेरै ठाउँमा बिहानैदेखि हुस्सु कुहिरो लागेको छ । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव पर्न थालेको मौसमविद्ले बताएका छन् ।मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज धेरै ठाउँमा बादल लाग्ने सम्भावना छ ।
आज केहीबेर घाम लागे पनि फेरि बादल लाग्ने उनले बताए ।भोलि र पर्सि पानी पर्ने अनुमान छ । खासगरी पश्चिमी क्षेत्रमा भोलि र पर्सि लगातारजसो पानी पर्ने सम्भावना रहेको उहाँले जानकारी दिनुभयो । उनका अनुसार पश्चिमी क्षेत्रको तुलनामा मध्य र पूर्वी क्षेत्रमा कम वर्षा हुने अनुमान छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव आउँदो बुधवारदेखि हट्दै जाने मौसमविद् प्रतिभा मानन्धरले बताए ।
वर्षाको सम्भावना रहेकाले आज धान नकाट्न र हिजोअस्ति काटिएको छ भने भित्र्याइहाल्न किसानलाई मौसमविद्को सुझाव छ । देशका धेरै ठाउँमा धान पाकेको छ ।दशैँको फूलपाती अघि नै धान भित्र्याउने तयारीमा किसान छन् । मौसमविद् मानन्धरले बुधवारदेखि मौसममा सुधार आउने भएकाले त्यसपछि मात्र धान काट्न सुझाव दिनु भएको छ ।


















प्रतिक्रिया दिनुहोस्