दैलेख, २७ माघ । दैलेख उद्योग बाणिज्य संघको अध्यक्षमा कुलबहादुर बिक विजयी हुनुभएको छ । गयराति सम्पन्न मतगणना अनुसार बिकले ८ सय ५५ मत प्राप्त गरी विजयी हुनुभएको हो ।
उहाका प्रतिद्वन्दी नरेन्द्रबहादुर थापाले ७ सय ८४ मत ल्याउनुभएको छ । बिहीबारदेखि सुरु भएको संघको अधिवेशनले १७ सदस्यीय कार्यसमिति गठन गरेको छ ।
उद्योग बाणिज्य संघमा विजयी भएपछि विश्वकर्माले नीजी क्षेत्रले विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाले आफ्नो कार्यकालमा सबै व्यवसायीहरुलाई एक ढिक्का बनाउदै व्यवसायीक हक हितका लागि निरन्तर लागिरहने बताउनुभयो । उहाले समग्र दैलेख जिल्लाको विकास निमार्णमा बाणिज्य संघले खेल्नुपर्ने भूमिकामा कहिल्यै कमि नआउने जिकिर गर्नुभयो ।
विश्वकर्माले दैलेखलाई पर्यटन, हाइड्रो लगायतको हवको रुपमा विकास गर्न उद्योग बाणिज्य संघले पहल कदमी चाल्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्