हेटौंडामा, २७ माघ । प्रदेश नं ३ नम्बर प्रदेशका सांसदहरुले पाउने सुविधा थपिँदै गएको छ । प्रदेश सांसदका लागि हेटौंडा उपमहानगरपालिकाको नेतृत्वमा धेरै सुविधा थपिने भएको छ ।
१) प्रदेशसभा बैठकका लागि हेटौंडा आएका सांसदहरुले होटल तथा लजमा ४० प्रतिशत छुट पाइरहेका छन् ।
२) प्रदेश सांसदलाई बस्न भाडाको घर खोज्नुपर्ने गरी काम थालिएको छ ।
३) यहाँका सरकारी घरमा सांसदहरुलाई राख्ने गरी तयारी भएको छ ।
४) सासदहरुले घडेरी किन्न चाहेमा सहुलियतमा घडेरी उपलब्ध गराउने ।
यस्ता खालका निर्णय शुक्रबार भएको छ । सांसदहरुलाई उपमहानगर क्षेत्रमा घर बनाउन घडेरी दिने भएको हो । हेटौंडा नगर विकासको स्वामित्वमा रहेको जग्गालाई प्रदेश सांसदलाई घडेरीका रुपमा दिने सर्वदलीय निर्णय गरिएको हो ।
घडेरी किनेबापतको रकम प्रदेश सांसदहरुले पाँच बर्षसम्ममा भुक्तानी गरे हुनेछ । किस्ताबन्दीमा मासिक पैसा दिने गरी पदावधिभर घडेरीको रकम भुक्तान गरे हुने भएको छ ।
प्रतिक्रिया दिनुहोस्