ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दशैँ मनाएर काठमाण्डौ उपत्यका फर्कनेको भीड बढ्न थाल्यो, सरकारी कार्यालय आजदेखि खुल्दै


एबीसी न्यूज
१० कार्तिक २०८०, शुक्रबार   ९ : ०२   बजे

काठमाडौं, १०  कात्तिक ।  दशैँ मनाउन काठमाण्डाै उपत्यका बाहिर गएकाहरू फर्कन थालेपछि काठमाण्डाै भित्रिने नाकामा भीड देखिन थालेको छ ।

उपत्यका भित्रिने नाकामा गाडीकाे चाप बढेपछि ट्राफिक व्यवस्थापनका लागि प्रहरी नै खटाउनुपर्ने अवस्था आएको काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलको भनाइ छ ।नागढुङ्गा, साँगा नाकामा गाडीकाे लामो लाइन लागेको छ । नाकामा थप प्रहरी टोली परिचालन गरी व्यवस्थापन गर्न लागिएको उहाँको भनाइ छ । दशैँकाे नवमी र दशमीका दिन काठमाण्डाै उपत्यकामा यातायात शून्यजस्तै बनेका थिए । नाकामा गाडीकाे चाप बढेसँगै उच्च सतर्कता अपनाइएको प्रहरीले जनाएको छ ।

यस वर्ष दशैँकाे अवसरमा उपत्यकाबाट १६ लाखभन्दा बढी मानिस बाहिरिएका थिए । उनीहरू टीकाको भोलिपल्टदेखि फर्कन थालेकाले भीड देखिएको हो । उपत्यकाभित्र चल्ने गाडीसमेत बाहिरी जिल्लातर्फ यात्रु ओसार्न गएकाले उपत्यकामा चल्ने सार्वजनिक गाडी केही कमी हुँदा यात्रुलाई आवतजावतमा केही असहज भएको देखिएको छ । यसैबीच दशैँ बिदामा बन्द भएका सरकारी कार्यालय आज शुक्रवारदेखि खुल्दैछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

सम्बन्धित

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

अफगानिस्तान बाढी अपडेट: मृत्यु हुनेको संख्या ४० नाघ्यो, दर्जनौं नागरिक घाइते

नेकपाका संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu