ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहिलो मुख्यमन्त्री ५ नम्बर प्रदेशमा, आईतवार दलको दाबी प्रस्तुत हुने


sharan sharan
२७ माघ २०७४, शनिबार   ८ : ३९   बजे

बुटवल, २७ माघ ।
संघीय संरचना अन्तर्गतको पहिलो मुख्य मन्त्री ५ नम्बर प्रदेशले पाउने भएको छ । नेकपा एमाले र माओबादी गठबन्धनको संसदियदलले आईतबार बहुमत सहितको दाबी प्रस्तुत गर्ने भएपछि प्रदेश नम्बर ५ ले पहिलो मुख्य मन्त्री पाउने भएको हो ।
प्रदेश सरकार गठन गर्नका लागि आईतबार गठबन्धनले प्रदेश प्रमुख समक्ष दाबी प्रस्तुत गर्ने एमाले उपमहासचिव तथा एमालेका प्रदेश संयोजक बिष्णु पौडेलले जानकारी दिनु भएको छ ।
आईतबार दाबी प्रस्तुत गरे लगत्तै प्रदेश प्रमुख उमाकान्त झाले एमाले संसदियदलका नेता शंकर पोखरेललाई मुख्य मन्त्रीमा नियुक्त गर्नेछन् । मुख्यमन्त्रीको सपथग्रहणका लागि आजै प्रदेश प्रमुख सहित नेता शंकर पोखरेल , एमाले उपमहासचिव बिष्णु पौडेल सहितको टोलीले सपथग्रहण स्थलका लागि स्थानको अवलोकन समेत गरेकाछन् ।
एमालेको ५ नम्बर प्रदेशका सचेतक भुमिश्वर ढकालले पनि आईतबार बाम गठबन्धनको तर्फबाट सरकार गठनको प्रस्ताव प्रस्तुत गरिने तथा प्रदेश प्रमुखको निजि सचिवालयको प्राङ्गणमा सपथ ग्रहण हुने बताउनुभयो ।
प्रदेशमा सरकार गठन लगत्तै मन्त्रालयहरु स्थापना गर्न समेत सम्भाव्य मुख्य मन्त्री पोखरेल सहितको टोलिले बुटवलका बिभिन्न कार्यालयहरुको निरिक्षण गरेकाछन् । सचेतक ढकालका अनुसार प्रदेशका मुख्य मन्त्रीले सुरुमा ३ सदस्सीय मन्त्री मण्डल गठन गर्नेछन् । सानो आकारको मन्त्रीमण्डल बनाउने बिषयमा यस अघिनै एमाले संसदियदलका नेता पोखरेलको बिचार सार्वजनीक भै सकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group