ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायल–लेबनान सीमामा बंकरभित्र बसेका एक नेपाली शान्ति सैनिक घाइते


एबीसी न्यूज
१२ कार्तिक २०८०, आइतबार   १२ : ३८   बजे

काठमाडौं, १२ कात्तिक । लेबनानमा खटिएका एक नेपाली शान्ति सैनिक घाइते भएका छन् ।  इजरायल प्रतिरक्षा फौज आईडीएफ र लेबनानको लडाकु समूह हिजबुल्लाहबीचको द्वन्द्वका क्रममा नेपाली शान्ति सैनिक सामान्य घाइते भएका नेपाली सेनाले जनाएको छ ।

इजरायल–लेबनान सीमाक्षेत्रमा दुई पक्षबीचको आक्रमणका क्रममा एक नेपाली शान्ति सैनिकलाई सामान्य चोट लागेको नेपाली सेनाका सूचना अधिकारी कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

यही अक्टोबर २८ तारिख राति १० बजेर २० मिनेट ९स्थानीय समय०मा उक्त घटना भएको उनले बताए । दुई पक्षबीचको आक्रमणका क्रममा प्रहार गरिएको सम्भावित ‘मोर्टार सेल’को ‘चोइटा’ले सामान्य चोट लागेको उनको भनाइ छ ।

उनका अनुसार लेबनानस्थित संयुक्त राष्ट्रसंघीय शान्ति सैनिकको गणमा मोर्टार सेलको ‘चोइटा’ खसेको थियो । सबै शान्ति सैनिक बंकरभित्र बसेका थिए ।

“अक्टोबर २८ को राति १० बजेर २० मिनेट ९स्थानीय समय०मा सम्भावित मोर्टार सेल’को चोइटा खस्दा एकजना नेपाली शान्ति सैनिकलाई सामान्य चोट लागेको छ,”  ती शान्ति सैनिकको परिचय खुलाइएको छैन । शान्ति सैनिककै गणको अस्पतालमा उपचार गर्दा उनको अवस्था खतरामुक्त रहेको नेपाली सेनालाई जानकारी प्राप्त भएको सहायक रथी भण्डारीले बताए । चोट लागेका शान्ति सैनिक त्यहीँको अस्पतालमा उपचाररत रहेको उनले जानकारी दिए ।

उनका अनुसार त्यसक्रममा शान्ति सैनिकका एउटा बंकर र एउटा गाडीमा सामान्य क्षति पुगेको छ । त्यसबाहेक शान्ति सैनिक र गणमा कसैलाई केही नभएको उनले बताए ।

“अरू कसैलाई केही भएको छैन । सबै सुरक्षित र सकुशल हुनुहुन्छ,” उनले भने, “थप विवरण प्राप्त भएपछि जानकारी गराउँछौँ ।”

उनका अनुसार लेबनानमा हाल ८७४ नेपाली शान्ति सैनिक कार्यरत छन् । एक डेपुटी फोर्स कमान्डर, २४ मिसन स्टाफ र एउटा बटालियनमा ८४९ गरी लेबनानमा कुल ८७४ नेपाली शान्ति सैनिक कार्यरत रहेका उनले बताए ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले एक नेपाली शान्ति सैनिकको पेट र हातमा सामान्य चोट लागेको जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रीलंकामा संयोजक प्रचण्डद्वारा समाजवादको राजनीतिक रूपरेखा प्रस्तुत

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

सम्बन्धित

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड खुले

आजदेखि कर्मचारीको तलव बढ्यो, शिक्षा, स्वास्थ्य र विद्युतमा करको बोझ

प्रचण्ड निर्णायक : प्रदेश सत्ता समीकरण, वाम सहकार्य कि नयाँ लोकतान्त्रिक गठबन्धन ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu