ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसद्‌मा गुटेरेसले सम्बोधन गर्ने


एबीसी न्यूज
१२ कार्तिक २०८०, आइतबार   १ : ०९   बजे

काठमाडौं, १२ कात्तिक । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस चारदिने औपचारिक भ्रमणका निम्ति नेपालमा छन् । उनी आइतबार बिहान नेपाल आइपुगेका हुन् ।

उनले यही कात्तिक १४ गते संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्नेछन् । आउँदो मंगलबार अपराह्न ४ बजे उनले सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।

महासचिव गुटेरेसले संसद्मा अंग्रेजी भाषामा सम्बोधन गर्नेछन् । उनको सम्बोधन सांसद र सर्वसाधारणले सहज ढंगले बुझ्ने गरी दोभासे राख्नेरनराख्ने विषयमा सचिवालय अनभिज्ञ छ । संसद् सचिवालयले त्यसबारे कुनै तयारी गरेको छैन ।

संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले हालसम्म सरकारले महासचिव गुटेरेसको सम्बोधन समयका बारेमा मात्र जानकारी गराएको बताए ।

“सरकारले महासचिव गुटेरेसको सम्बोधनको समयबारे हामीलाई जानकारी गराएको छ । यसबाहेक थप औपचारिक कार्यतालिका प्राप्त नभइसकेकाले सरकारसँग हामी परामर्शमा छौँ, “त्यसपश्चात् मात्र दोभासे राख्नेरनराख्ने विषयमा आधिकारिक जानकारी दिन सकिन्छ ।”

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले पनि दोभासे राख्ने तयारी भइनसकेको बताए । “पहिला पनि यस्तो अभ्यास हामीले गरेका छैनौँ । अहिले पनि खासै हाम्रो तयारी छैन,” उनले ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group