ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिका र नेपालमा यी २५ संस्कार ठिक उल्टो


एबीसी न्यूज
२८ माघ २०७४, आइतबार   ८ : ३९   बजे

पूर्विय संस्कार,संकृती र समाजमा हुर्केबढेका हामी नेपालीलाई कतिपय पश्चिमी संस्कार, परम्परा र सोच बिपरित जस्तो लाग्दो रहेछ । खासगरी अमेरिकाको एक दशक लामो बसाइको क्रममा देखेका, भोगेका र जानेका केही सामान्य भन्दा सामान्य प्रचलन, मान्यता एवं परम्परा हाम्रो भन्दा बिपरित लाग्दा हुन्छन ।

कुन राम्रा कुन नराम्रा भन्ने कुरा हैन त्यो त जस्ले प्रयोग गर्दै आएको छ उस्लाई आफ्नो चलन मान्यता राम्रो लागेकै हुन्छ । यहा खासगरी अमेरिकन भनि पश्चिमी मान्यतालाई प्रतिनिधित्व गर्दै देखाउदै छु भने नेपाली भनि पूर्बिय संस्कार अर्थात दक्षिण एशियाली देशहरुको समेत प्रतिनिधित्व गरि नेपालीलाई देखाउदै छु । यो केवल सामान्य जानाकारी र मनोरञ्जनका लागि यस्ता उल्टा केही कुराहरु संकलन गरेको हो ।

१. अमेरिकनहरु भोली भोकै हुन किन नपरोस आज टन्न खान्छन । हामी नेपालीको संस्कार भोली भोकै हुनुपर्ला भन्ने चिन्ताले वा धार्मिक मान्यता बनाई आज भोकै बस्छौ ।

२.अमेरिकन खुल्ला ठाउमा खाना खान्छन अनि गोप्य ठाउमा दिशा गर्छन । नेपाली गोप्य भान्साकोठामा खाना खान्छौ अनि खुल्ला चौर, बनपाखामा दिशा गर्छौ ।

३ अमेरिकन पहिले घर किनेर त्यसैमा बसि क्रेडिटमा किनेको घरको पैसा जिन्दगीभर तिर्दै जान्छन । नेपाली जिन्दगीभर भाडामा बसि बचाएको कमाएको पैसाले बुढेसकालमा घर किनेर, बनाएर छोराछोरीलाई छोडी मर्छौ ।

४.अमेरिकन दुध चिसो पिउछन पानी आइस राखेर पिउछन । हामी दुध तताएर पानी उमालेर पिउछौ ।

५.अमेरिकनहरु अलि बढि पैसा बचत भए दिमाग फ्रेस बनाउन मनोरञ्जनमा खर्च गर्छन । हामी नेपाली केही बढि पैसा बचत भए अर्को धेरै पैसा चाहिने ब्यावहार आटेर बोझ (टेन्सन) बढाउछौ ।

६. अमेरिकन महिला बच्चा अगाडी भागमा छातीमा टासेर बोक्छन हामी पछाडी पिठ्यूमा बोक्छौ ।

७.अमेरिकन हातले फ्याकेर खेल्नेलाई फुटबल भन्छन हामी खुट्टाले फ्याकेर खेल्नेलाई फुटबल भन्छौ ।

८.अमेरिकन गरिवहरु मोटा हुन्छन खासगरी जंकफुड र सस्ता खाना खाएर । अनि धनीहरु स्वस्थ्य खाना र ब्यायमले स्लीम (पातला) हुन्छन । हामी काहा गरिवहरु खान नपाएर बढि परिश्रमले पातला हुन्छन धनी धेरै खाएर मोटा हुन्छन ।

९.अमेरिकन आफ्नो प्रेमिकालाई प्रेम गरेर बिबाह गर्छन । हामी बिबाह गरेर अझ बच्चा भएपछी श्रीमतीलाई प्रेम गर्छौ ।

१०.अमेरिकन प्रचलन घर,ब्यावसायिक स्टोर,रेष्टुेन्ट,कार्यलय बेलुका सफा गर्छन हामीकाहा बिहान सफा गर्ने प्रचलन छ ।

११. अमेरिकन मिति लेख्दा पहिले महिना अनि गते र साल लेख्छन । हामी पहिले साल महिना र गते लेख्छौ । अक्टुबर ३० २०१७ , २०७४ कार्तिक ७

१२. अमेरिकन जन्मदा नै नामी हुन्छन हामी बेनामी । कसरी भने अमेरिकन पेटमा बच्चा भएपछी बच्चाको नाम दिन्छन र जन्मदा सोही नामको बर्थ सर्टिफिकट बन्छ । हामीकहा जन्मेको ११ दिनमा पंडित वा बाबु आमाले नाम दिएपछी नामी हुन्छौ ।

१३.अमेरिकन पुलिस पसलमा समान किन्दा, रेष्टुरेन्ट जादा, ट्याक्सी चढदा टिप्स पनि दिन्छन । हामीकहाका पुलिस यि ठाउबाट हप्ता नै लिन्छन ।

१४.अमेरिकन धनीले कर र्तिछन कम आए हुने गरिबले ट्यास फिता बाट पैसा पाउछन । नेपालमा धनिले धन र शक्तिले कर तिर्दैनन र थोरै र्तिछन गरिव साना ब्यावसायी बढी कर तिरीरहेका हुन्छन ।

१५ अमेरिकन चलन पैसाको नोट ठुलो माथी पारी आसनमा सानो नोट राख्छन । हाम्रोमा आसनमा ठुलो नोट माथी सानो हुदै जान्छ ।

१६. अमेरिकन प्याकेटको खाना अर्थात अर्कैले तयार गरेको खाना खान मन पराउछन । हामी आफैले बनाएको अझ आफुले चिनेजानेकाले बनाएको मात्र खाना खान मन पराउछौ ।

१७.अमेरिकामा कमाइको हिसावमा खानेकुराको तुलनामा बसाइ बस्ने ठाउ होटल, एपाटमेन्ट, घर,कोठा महड.गो हुन्छ । नेपालमा बस्ने सस्तो होला खानेकुरा धेरै महड.गो हुन्छ ।

१८.अमेरिकामा प्राय पुरुष महिला देखी डराउछन अनि घरब्यावहार उनैले सम्हाल्छन । नेपालमा महिला पुरुष देखी डराउछन र घरब्यावहार पुरुष नै सम्हाल्छन ।

१९.अमेरिकन महिला बिबाहको दिन नया ठाउ नया मान्छे नया परिवेसको अनुभव गर्न जादैछु भनी खुसी हुन्छन । हामीकहा बेहुली बिबाहको दिन माइती, बाबुआमा छाडेर पराइसग जादैछु ठान्दै रुन्छन ।

२०.अमेरिकन धेरै धनी भए सुख शान्ती खोज्न गाउ वा एकान्त तिर पस्छन । हामी कहा धेरै धनी भए सुख शान्ति खोज्न शहर भिडभाड तिर जान्छन ।

२१.अमेरिकन जोडी जो बिबाह गरेर धेरै वर्ष सगै बसेका हुन्छन उनीहरुलाई देखेर अरु मान्छे अचम्मित हुन्छन । नेपालमा बिबाह गरेर छिट्टै अलग्गिएका जोडी प्रति अचम्मित हुन्छन ।

२२.अमेरिकन महिला घुुडा साप्रा देखाएर छोटो लुगा लगाउछन तर पुरुषले घुडा देखाएको त्यती राम्रो मानिदैन । नेपालमा पुरुष घुडा देखाएर छोटो कट्टु लगाउछन महिलाले घुडा देखाएको राम्रो मानिदैन ।

२२ं. अमेरिकन नचिनेको मान्छे होस वा रिस उठेका मान्छे नै किन नहोस फिसिक्क हासेर बोल्छन । हामीकहा नचिनेको वा रिस उठेकोसग हास्ने बोल्ने त कुरा परै जावोस उ हिडेको बाटो समेत हिड्दैनन ।

२३. अमेरिकन टिनएजर काटेपछी पनि कुनै केटा साथी वा केटी साथी छैन भने अभिभावक उस्को कुनै शाररिक कमजोरी त छैन भनि सजग हुन थाल्छन । नेपालमा टिनेजर काटेपछी कुनै केटा साथी वा केटी साथी त छैन भनि अभिभावक नै शंकाले सजग भैरहन्छन ।

२४.अमेरिकाको शहरी क्षेत्रमा पहिलो प्राथमिकता पैदल यात्रुलाई दिई कम गतीका सवारी हुदै तिब्रगतीका सवारी पछाडी जान्छन । नेपालमा पहिले तिब्र गतीको गाडीले पास गरेपछी कम गतीको सवारी हुदै पैदल यात्रीको पालो अन्तिममा आउछ ।

२५. अमेरिकन सुन्दर युवतीलाई नचिनेको मान्छेले पनि ओवा कति सेक्सी(सुन्दर) होस भनेमा थ्याड.क्यू भनि मुस्कुराउछन । हामीकहा अन्जान सुन्दरीलाई कति सुन्दर होउ भनेमा मात्र पनि चप्पल उठाएर बजाइदिन्छन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री संसदबाट टाढिँदा रास्वपा सांसद पनि उदासीन, गणपुरक नपुग्दा विधेयक रोकियो

बुबाको निधनपछि भावुक मेसी : ‘तपाईंविना कसरी अगाडि बढ्ने थाहा छैन’

सम्बन्धित

‘गुराँस फुल्दा’को नयाँ भर्सनप्रति सुस्मिता केसीको असन्तुष्टि

साउन २९ देखि प्रदर्शनमा आउँदै ‘लज्जावती’, प्रेम सम्बन्धको उतारचढाव मुख्य कथावस्तु

गणेश पाण्डेको ‘द एभरेस्ट ड्रिम’लाई अमेरिकामा उत्कृष्ट डकुमेन्ट्री अवार्ड

१९ वर्षपछि ‘आवारापन–२’ मा फर्किँदै इमरान हाश्मी, अग्रिम बुकिङ उत्साहजनक

श्रद्धा कपुरको ‘ईथा’को प्रदर्शन मिति सर्‍यो, अब ‘टक्सिक’सँग भिडन्त नहुने

साहित्यकार विजय मल्लको ‘अनुराधा’मा आधारित चलचित्र निर्माण हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu