ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाले नेपाललाई साना तथा मझौला उद्यमका लागि साढे १६ अर्ब ऋण दिनेबारे छलफल


एबीसी न्यूज
१४ कार्तिक २०८०, मंगलबार   २ : १२   बजे

काठमाडौं, १४ कात्तिक । अमेरिकाले नेपालका साना तथा मझौता उद्यम विकासका लागि साढे १६ अर्ब नेपाली रुपैयाँ भन्दा बढी ऋण दिने विषयमा छलफल भएको छ ।

एक साता लामो अमेरिका भ्रमणमा रहेका परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच उक्त विषयमा छलफल भएको अमेरिकी विदेशमन्त्रालयले जनाएको छ ।

द्विपक्षीय भेटवार्तापछि अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यू मिलरले जारी गरेको विज्ञप्तिमा नेपाल–अमेरिका साझेदारीको सुदृढीकरणमा जोड दिएको उल्लेख छ ।

‘भर्खरै सुरु गरिएको ५०० मिलियन अमेरिकी डलर अनुदान सहयोगको मिलेनियम च्यालेन्ज कम्प्याक्ट ९एमसीसी० परियोजना कार्यान्वयनले पूर्वाधार निर्माण गर्ने, बिजुलीमा पहुँच बढाउने र सीमापार विद्युत व्यापारका विषयमा छलफल भयो’, विज्ञप्तिमा उल्लेख छ, ‘उनीहरूले नेपालमा विस्तारित विकास वित्त निगमको लगानी, साना तथा मझौला उद्यमहरूलाई ऋण उपलब्ध गराउन नेपाली बैंकलाई १२५ मिलियन अमेरिकी डलर नयाँ ऋण दिनेलगायतका विषयमा छलफल गरेका छन् ।’

भेटका क्रममा नेपालमा अमेरिकी विदेशमन्त्री ब्लिन्केनले ‘अमेरिकी पिस कोर स्वयंसेवीहरू’ ले ६० वर्षभन्दा बढी समयदेखि गरिरहेको साझेदारीको पनि प्रशंसा गरेका छन् । ब्लिन्केनले नेपालले लोकतान्त्रिक शासनको सुदृढीकरणमा गरेको प्रगतिको प्रशंसा गर्दै अमेरिकाले नेपाललाई बलियो र समृद्ध लोकतन्त्रको रुपमा हेर्न चाहेको बताए ।

भेटमा दुवै पक्षले नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धको वर्तमान अवस्थाप्रति सन्तुष्टि व्यक्त गर्दै पारस्परिक हितका क्षेत्रमा सहकार्यलाई विस्तार तथा नवीकरण गर्ने प्रतिवद्धता जनाएका छन् ।

डीसीस्थित नेपाली राजदूतावासका अनुसार परराष्ट्रमन्त्री साउदले अतिकम विकसित मुलुकबाट स्तरोन्नति भएपछि नेपालका विकास प्राथमिकताबारे उल्लेख गरेका थिए । उनले व्यापार तथा लगानी, बजार पहुँच, खाद्य सुरक्षा र सूचना प्रविधिलगायतका क्षेत्रमा अमेरिकाबाट थप सहयोग गर्न आह्वान गरेका छन् ।

दूतावासद्वारा जारी विज्ञप्तिमा परराष्ट्रमन्त्री साउदले नेपालका लागि नयाँ निर्यात योग्य वस्तुहरू थपेर नेपाल व्यापार प्राथमिकता कार्यक्रम ९एनटीपीपी० र जेनरलाइज सिस्टम फर प्रिफरेन्स ९जीएसपी० सुविधाको पुनः प्रमाणीकरण र विस्तार गर्न अमेरिकालाई अनुरोध गरेका छन् ।

यस्तै मन्त्री साउदले अमेरिकी सहयोग युएसएआईडी र मिलेनियम च्यालेन्ज कम्प्याक्ट एमसीसी लगायत नेपालको सामाजिक–आर्थिक विकासमा निरन्तर सहयोग गरेकामा अमेरिकी सरकारलाई धन्यवाद दिए । दूतावासको विज्ञप्तिमा दुवै पक्षले एमसीसी अन्तर्गतका आयोजनाहरुको समयमै कार्यान्वयनको महत्त्वमा जोड दिएको उल्लेख छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group