ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोखराबाट राष्ट्रसंघ महासचिव गुटेरेसको सन्देश – प्रकृतिविरुद्धको युद्ध रोक


एबीसी न्यूज
१४ कार्तिक २०८०, मंगलबार   ४ : २०   बजे

पोखराबाट, १४ कातिक । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आफ्नो नेपाल भ्रमण विश्वलाई प्रकृतिविरुद्धको युद्ध रोक्न आवश्यक रहेको स्पष्ट सन्देश दिनका लागि भएको बताएका छन् । मंगलबार बिहान अन्नपूर्ण आधार शिविर पुगेर फर्किएपछि पोखराको पुरानो विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले नेपालजस्ता देशले जलवायु परिवर्तनमा योगदान नगर्ने तर परिणाम भोग्नु परिरहेको बताए ।

‘मेरो भ्रमण वास्तवमा विश्वलाई स्पष्ट सन्देश दिनका लागि थियो, प्रकृतिविरुद्धको युद्ध रोक्न आवश्यक छ । किनभने, हामीले अद्भुत हिमाल र अद्भुत हिमनदीहरू जोगाउनु पर्छ,’ उनले भने, ‘नेपाललाई जलवायु परिवर्तनमा योगदान नगर्ने तर परिणाम भोग्ने नेपाललगायत अन्य देशहरूलाई विश्व समुदायले समर्थन गर्न आवश्यक छ ।’तापमान वृद्धिले हिमाली क्षेत्रमा धेरै हिमनदी पग्लिएर भू–क्षय, पहिरो जस्ता समस्या त्यहाँका समुदायले भोगिरहेको बताउँदै उनले प्रभावकारी ऐक्यबद्धता देखाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरे । ‘पीडित समुदायका लागि अनुकूलनमा सहयोग पुर्‍याउन थुप्रै कोष छन्,’ उनले भने, ‘म जहाँ पुगेँ, त्यस्तो स्थानका समुदायका लागि जलवायु परिवर्तनबाट हुने हानी नोक्सानी न्यूनीकरण गर्न त्यस्तो कोषबाट फाइदा लिन सक्छन् ।’ उनले पोखरा र हिमालहरूको सौन्दर्यले अत्यन्तै मोहित बनाएको सुनाए ।

मंगलबार बिहान उनी हेलिकप्टरमार्फत कास्कीको अन्नपूर्ण आधार शिविर पुगेका थिए । आधार शिविरमा उनले अन्नपूर्ण गाउँपालिका–११ का स्थानीयसँग अन्तरक्रिया गरे । वडाध्यक्ष हिमबहादुर गुरुङले जलवायु परिवर्तनकै असरस्वरूप दक्षिण अन्नपूर्ण हिमनदी तीव्र रूपमा पग्लिएको, भू–क्षय र कटानले आधार शिविर नै जोखिममा परेको, हिमआँधी, हिमपहिरोलगायत विपत् भोग्नु परिरहेको सुनाएका थिए ।

स्थानीयलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले विश्वव्यापी तापक्रम वृद्धिमा विकसित र धनी राष्ट्र नै जिम्मेवार रहेको बताए । ‘नेपाल जलवायु परिवर्तनमा जिम्मेवार छैन । अरु धनी राष्ट्रले गर्दा जलवायु परवर्तन भइरहेको छ तर नेपालले त्यसको नतिजा भोगिरहेको छ,’ उनले भने, ‘हिमालय रेन्जका ग्लेसियर यही कारणले घटिरहेको छ । ग्लेसर पग्लिरहेको छ । पहिरो आएर विभिन्न समुदायलाई क्षति पुगिरहेको छ ।’ जलवायु परिवर्तन नेपालजस्ता देशलाई क्षति पुर्‍याइरहेकोले आफ्नो प्रविधि र औद्योगिकरणमा वैकल्पिक उपाय खोज्ने सेन्देश विकसित र औद्योगिक राष्ट्रलाई दिन नेपाल आएको उनले बताए । ‘म आह्वान गर्छु, धनी राष्ट्रहरूले नेपाल जस्तो देशलाई जलवायु परिवर्तनको असर न्यूनीकरण र अनुकूलनमा सहायता गर्नुपर्छ,’ उनले भने ।

उनी मंगलबार नै सेनाको जहाजमार्फत लुम्बिनी पुगेका छन् । सोमबार पोखराको फिस्टेल लजमा बास बसेका उनी पुम्दीकोट पुगेर पोखराको अवलोकन गरेका थिए । सोमबार साँझ फिस्टेल लजबाट वाराही मन्दिर पुगेर पुनः लजमै मोटरबोटबाट फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group