काठमाडौं, १४ कातिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको शान्ति प्रक्रिया टुङ्ग्याउन संयुक्त राष्ट्र सङ्घबाट सहयोग हुने विश्वास व्यक्त गरेका छन् । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले आज मङ्गलवार सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गरेपछि सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्रीले भने, ‘शान्ति प्रक्रिया टुङ्ग्याउन संयुक्त राष्ट्र सङ्घका साथै अन्तर्राष्ट्रिय समुदायको पनि सहयोग रहनेमा म विश्वस्त छु । नेपालको शान्ति प्रक्रियाप्रति अन्तर्राष्ट्रिय समुदाय र महासचिव गुटेरेसको धारणा सकारात्मक छ ।’
महासचिव गुटेरेसबाट शान्ति प्रक्रियाबारे राम्रो धारणा आएको भन्दै प्रचण्डले नेपालकै केही नेताहरूले देश विभाजित छ भन्ने देखाएको भन्दै असन्तुष्टि ब्यक्त गरे ।







प्रतिक्रिया दिनुहोस्