काठमाडौँ, १७ कात्तिक । आईसीसी टी–२० आई विश्वकप एसिया छनोट अन्तर्गत सेमिफाइनलमा नेपालका ओपनर कुशल भुर्तेल आउट भएका छन्। यूएईले दिएको १ सय ३५ रनको लक्ष्य पछ्याउने क्रममा उनी ११ रन बनाएर आउट भएका हुन्।८ विकेट गुमाएर यूएईले १ सय ३४ रन बनाएको थियो। यूएईविरुद्ध कुशल मल्लले व्यक्तिगत तीन, सन्दीप लामिछानेले दुई, कप्तान रोहित पौडल र सोमपाल कामीले एक विकेट लिए। पहिलो सफलता सोमपाल कामीको बल करण केसीले क्याच गरे। नेपाल समूह ‘ए’को उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो। नेपालले समूह चरणमा सिंगापुरलाई ८ र मलेसियालाई ६ विकेटले पराजित गरेको थियो।
यद्यपि, अन्तिम खेलमा भने ओमानसँग ५ रनले पराजित भएको थियो। यूएई भने समूह ‘बी’को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो। यूएईले बहराइन र कुवेतलाई समान ५ विकेट र हङकङलाई २२ रनले पराजित गरेको थियो।
प्रतिक्रिया दिनुहोस्