ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कडा सुरक्षाबीच एन्फाको विशेष साधारण सभामा मतदान सुरु


एबीसी न्यूज
२३ कार्तिक २०८०, बिहिबार   १ : ३६   बजे

काठमाडौं, २३ कात्तिक । अखिल नेपाल फुटबल संघ एन्फा को विशेष साधारणसभा उदघाटन सत्र नभई सिधै मतदान प्रक्रिया सुरु भएको छ ।

एन्फाका बहुमत सदस्यले गत भदौमा वर्तमान नेतृत्वले काम गर्न नसकेको भन्दै विभिन्न १९ आरोपसहित अध्यक्ष नेम्वाङसहित महासचिव किरण राईलाई बर्खास्तीको माग गर्दै एन्फामा निवेदन पेश गरेका थिए । तर अध्यक्ष नेम्वाङले आफू मात्र बर्खास्तीको प्रस्तावको सामना गर्ने निर्णय गर्दै विशेष साधारण सभामा उक्त एजेन्डा लगेका थिए ।

धारणसभामा एन्फा अध्यक्ष नेम्वाङले विशेष साधारण सभामा बोलेपछि मुख्य एजेण्डा रहेको अविश्वासको प्रस्तावमाथि पनि छलफल हुनु अगाडि प्रस्तावकको तर्फबाट कर्माछिरिङ शेर्पा बोल्न खोजेका थिए । तर बोल्न नपाएपछि अविश्वासको प्रस्ताव लैजाने पक्षधरले नाराबाजी गरेका थिए ।

नाराबाजी र धकेलाधकेल भएपछि प्ररीले हस्तक्षेप गरेको सहभागी एक केन्द्रीय सदस्यले बताए । ‘प्रस्तावक तर्फबाट बोल्ने भन्ने हिजो बेलुका सहमती भएको थियो तर अध्यक्ष नेम्वाङले पेलेर अगाडि बढ्न खोजपछि कर्माछिरिङ बाहिर निस्कनु भएको हो । अब केहीबेरमा फेरी मतदान हुन्छ,’ ती सदस्यले भने । हलभित्र हो–हल्ला भएपछि प्रहरी परिचालन गरेर अहिले मतदान सुरु हन लागेको उनले बताए ।

 

विशेष साधारणसभामा एसियाली फुटबल महासंघ र विश्व फुटबल महासंघका प्रतिनिधिको समेत उपस्थिति रहने साधारणसभामा देशभरका ४८ जिल्ला शाखाका प्रतिनिधिहरुको सहभागिता छ । साधारणसभामा ए, बी र सी डिभिजन क्लबबाट पनि प्रतिनिधि सहभागी भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group