ABC NEWS NEPAL | No.1 News channel of Nepal
३२ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तथ्यांकमा नेपाली फुटबलको विश्वकप छनोट


एबीसी न्यूज
२८ कार्तिक २०८०, मंगलबार   २ : ४६   बजे

काठमाडौं, २८ कात्तिक । नेपालले बिहीबार एसियाली विश्वकप छनोटको दोस्रो चरणम यूएईको सामना गर्नेछ ।

पहिलो चरणमा लाओसलाई पन्छाएपछि नेपाल छनोटको दोस्रो चरणमा पुगेको हो । लाओसविरुद्ध दुई लेगको खेलमा नेपाल समग्रमा २(१ ले विजयी रह्यो । नेपालले निर्णायक सावित दोस्रो लेगको खलमा लाओसलाई १(० ले हराएको थियो ।

अबको आठ महिनामा नेपालले छनोटका छ खेल्नेछन् र एक प्रकारले राष्ट्रिय टिम ब्यस्त जस्तै हुनेछ । यूएईको सामना गर्न फुटबलको विश्वकप छनोटमा नेपालको अहिलेसम्मको प्रदर्शनको १० महत्त्वपूर्ण तथ्यांक ।

१। नेपालले अहिलेसम्म नौ संस्करणको विश्वककप छनोट खेलेको छ । नेपालले सबैभन्दा पहिले सन् १९८६ को विश्वकप छनोट खेलेको थियो । अहिले चलिरहेको विश्वकप छनोट सन् २०२६ को संस्करणका लागि हो ।

 

२। नेपालले अहिलेसम्म विश्वकप छनोटका ४० खेल खेलेका छन् । त्यसमध्ये ३२ खेल विदेशी भूमिमा खेलेको छ भने आठ खेल आफ्नो घरेलु मैदानमा खेलेको छ । यूएईविरुद्धको खेल नेपालले विदेशी भूमिमा खेल्ने विश्वकप छनोटको ३३ औं खेल हुनेछ ।

३। विदेशी भूमिका अहिलेसम्म खेलका ३२ खेलमध्ये नेपालको एक खेल भने तटस्थ भूमिकामा रूपमा खेलिएको छ । सन् २०२२ को विश्वकप छनोटको कुवेतविरुद्धको एक खेल नेपालले भुटानको थिम्पुमा खेलेको थियो ।

४। अहिलेसम्मका ४० खेलमध्ये नेपाल सात खेलमा मात्र विजयी रहेको छ । यस्तै नेपालले छनोटका चार खेलमा बराबरी खेलेको छ । नेपाल बाँकी २९ खेलमा पराजित रहेको छ ।

५। विश्वकप छनोटका सात जितमध्ये चार विदेशी भूमिमा प्राप्त रहेको छ ।

६। विश्वकप छनोटमा नेपालको पहिलो जित मकाओविरुद्ध सन् २००२ को संस्करणमा हासिल भएको थियो ।

७। नेपालका लागि विश्वकप छनोटमा सर्वाधिक गोल गर्ने खेलाडी नीराजन रायमाझी हुन् । उनले सात गोल गरेका छन् र त्यसमा एक ह्याट्रिक समेत सामेल छ । अहिले भएको टिममा सदस्यमध्ये अञ्जन विष्टले चार गोल गरेका छन् । त्यसपछि हरि खड्काको नाममा तीन गोल रहेको छ ।

८। नेपालका लागि विश्वकप छनोटमा पहिलो गोल गर्ने खेलाडी हरि खड्का नै हुन् ।

९ नेपालले अहिलेसम्म यूएईको एकै पल्ट मात्र सामना गरेको छ । एसियाकप छनोटको त्यस खेलमा नेपाल ११(० ले पराजित भएको थियो । सन् १९८४ को त्यस खेलको हार नेपालले अन्तर्राष्ट्रिय फुटबलमा बेहोरेका ठूला चार पराजयमध्ये एक हो ।

१०। नेपालले यूएईलाई उसकै भूमिका सामना गर्न लागेको यो पहिलो पल्ट हो । नेपालले यूएईविरुद्ध विश्वकप छनोटमा खेल्न लागेको पनि यो पहिलो पल्ट हो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

सम्बन्धित

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

फकल्याण्डको ‘छाया’ र मेस्सीको ‘जादु’ :फाइनान्सिएल टाइम्स

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

राष्ट्र बैंकको परिपत्रः ब्याज उठाउन साउन १५ सम्मको समय, शेयर कर्जा र विद्युतीय बसमा विशेष सुविधा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu