काडमाडौं, ३० कात्तिक । मारवाडी सेवा समिति नेपालले १९औँ एसियन गेम्स २०२३ मा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीहरूको सम्मान गरेको छ । पुरुष क्रिकेटतर्फ नेपाली खेलाडीहरूले एउटै म्याचमा अति नै दुर्लभ पाँच वटा विश्व कीर्तिमान बनाएका थिए ।
९ बलमा अर्धशतक बनाइ विश्व कीर्तिमान बनाउन सफल दिपेन्द्रसिंह ऐरी र ३४ बलमा शतक बनाइ विश्व कीर्तिमान बनाउन सफल कुशल मल्ललाई एक लाख एक हजार नगदसहित सम्मान गरिएको थियो ।
साथै कराते खेलतर्फ नेपाललाई रजत पदक दिलाउने एरिका गुरुङलाई पनि एक लाख एक हजार नगदसहित सम्मान पत्र प्रदान गरिएको मारवाडी सेवा समिति नेपालका अध्यक्ष कैलाशचन्द्र गोयलले जानकारी दिए ।
त्यस्तै, समाजले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि पहिलो चरणमा फाइबरको सिरक ८३५ थान, पि। फम मेट ९०० थान र दाल एक किलो र नुन किलो, ४०० प्याकेट चामल सहयोग गरेको छ ।
कार्यक्रममा नेपाल राष्ट्रिय मारवाडी परिषद्का अध्यक्ष पवन मित्तल, मारवाडी महिला मंचकी अध्यक्ष श्रीमती अर्चना काबरा, मारवाडी युवा मंचका अध्यक्ष शैलेन्द्र शर्माले शुभकामना दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्