ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसबाट को-को बन्दैछन् समानुपातिक सांसद ?


admin
२९ माघ २०७४, सोमबार   ८ : ५३   बजे

काठमाडौ, २९ माघ । नेपाली कांग्रेस प्रतिनिधिसभामा पठाउने आफ्ना समानुपातिक सदस्यको नाम छनोटको अन्तिम गृहकार्यमा जुटेको छ । प्रतिनिधिसभाको प्रत्यक्षमा २३, समानुपातिकमा ४० र राष्ट्रिय सभामा १३ सिट पाएको कांग्रेसले समानुपातिकतर्फको नामका विषयमा औपचारिक तथा अनौपचारिक छलफल गरिरहेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिनिधिसभातर्फको समानुपातिक सूची आयोगमा पेस गर्ने विषयमा औपचारिक तथा अनौपचारिक छलफल भइरहेको भन्दै आइतबार राति वा सोमबार बिहानसम्म अन्तिम टुंगो लगाइने बताए ।

निर्वाचन आयोगले सोमबारसम्मका लागि नाम बुझाउन दलहरूलाई समय दिएको छ । ‘पार्टीभित्र समानुपातिक नामका विषयमा छलफल भइरहेको छ, आइतबार राति वा सोमबार बिहानसम्म ४० जनाकै नाम टुंगो लगाएर पठाउँछौं,’ प्रवक्ता शर्माले भने ।

राष्ट्रिय सभाको निर्वाचनपछि निर्वाचन आयोगले शुक्रबार समानुपातिकतर्फको सिट बाँडफाँट गर्दै कांग्रेसले ४० सिट पाउने निर्णय गरेको थियो । जसमध्ये कांग्रेसले २० जना महिला र २० जना पुरुष गरी ४० सदस्यको नाम समानुपातिक सूचीमा पेस गर्नु पर्नेछ । प्रवक्ता शर्माले आयोगमा सूची बुझाउँदा पहिलेकै क्रमअनुसार पठाइने र त्यसमा तलमाथि नहुने समेत स्पष्ट पारे ।

संविधानको धारा ८४ को उपधारा ८ अनुसार संघीय संसद्मा प्रत्येक दलबाट कम्तीमा एक तिहाइ महिलाको प्रतिनिधित्व हुनुपर्ने व्यवस्था छ । सो व्यवस्थाअनुसार संघीय संसद्मा कांग्रेसले पाएको ७६ सिटमध्येको एक तिहाइ अर्थात् २६ महिला सदस्य पु¥याउनै पर्छ । जब कि समानुपातिक सूचीबाहेक हालको अवस्थामा संघीय संसद्मा कांग्रेसका ६ जना मात्रै महिलाले प्रतिनिधित्व गरेका छन् । अब समानुपातिकबाट ४० मध्ये २० महिलाको नाम कांग्रेसले आयोगमा पठाउनैपर्छ ।

कांग्रेसले समानुपातिकबाट निर्वाचित गर्नुपर्ने कम्तीमा २० जना महिला छनोट गर्दा खस आर्य कोटाबाट ६ जना सांसद बन्नेछन् । कांग्रेसले आयोगमा बुझाएको बन्द सूचीअनुसार यो क्लस्टरबाट सुजाता कोइराला, पुष्पा भुसाल गौतम, डिला संग्रौला, मीना पाण्डे, उमा रेग्मी र दीपशिखा शर्मा सांसद बन्ने सम्भावना छ । ।

यस्तै, आदिवासी जनजाति क्लस्टरबाट पनि ६ जना महिला सांसद बन्नेछन् । बन्दसूचीमा समावेश क्रमसंख्याअनुसार भए ज्ञानकुमारी छन्त्याल, प्रमिला राई, महेन्द्रकुमारी लिम्बू, हीरा गुरुङ, मीना सुब्बा र सुवर्ण ज्वारचनको नाम छनोट हुनेछ ।

दलित कोटाबाट सुजाता परियार, लक्ष्मी परियार र विमला नेपाली सांसद बन्ने सम्भावना छ । त्यस्तै, मधेसी क्लस्टरबाट सीतादेवी यादव, चित्रलेखा यादव र मीनाक्षी झा सांसद बन्ने सम्भावना छ ।

कांग्रेसले थारू वा मुस्लिम कोटामध्ये कुनै एउटा क्लस्टरबाट मात्र प्रतिनिधि चयन गर्न पाउँछ । दुवै कोटाबाट एकएक जना निर्वाचित गर्दा महिलातर्फ जम्मा प्राप्त गरेको २० भन्दा धेरै हुने भएकाले थारू कोटाको पहिलो नम्बरमा रहेकी पार्वती डीसी चौधरी वा मुस्लिम कोटाको पहिलो सूचीमा रहेकी सर्वत आरा खानमध्ये एकजना सांसद बन्नेछन् । पिछडिएको क्षेत्रबाट रंगमती शाही सांसद बन्ने सम्भावना छ ।

यस्तै, २० जना पुरुषमध्ये कांग्रेसले खस आर्य कोटाबाट ६ जना पठाउनुपर्छ । क्रमसंख्याअनुसार बालकृष्ण खाँड, दिलेन्द्रप्रसाद बडू, किशोरसिंह राठौर, सत्यनारायण खनाल, सूर्यबहादुर केसी र मोहनप्रसाद पाण्डे यो समूहबाट सांसद बन्ने सम्भावना छ । आदिवासी जनजाति कोटाबाट बहादुरसिंह लामा, कर्मा घले, उमेश श्रेष्ठ, लालकाजी गुरुङ, जिपछिरिङ लामा र दिव्यमणि राजभण्डारी सांसद बन्ने सम्भावना छ । यस्तै, दलित समूहबाट मानबहादुर विश्वकर्मा, मीनबहादुर विश्वकर्मा र प्रकाश रसाइली गरी तीन जना सांसद बन्ने सम्भावना छ ।

मधेसी कोटाबाट विनोद चौधरी, स्मृतिनारायण चौधरी र नागेन्द्रकुमार राय कांग्रेसबाट सांसदको क्रम सूचीमा अगाडि छन् । थारू वा मुस्लिम कोटामध्ये कुनै एउटा क्लस्टरबाट मात्र प्रतिनिधि चयन गर्दा थारू कोटाको पहिलो नम्बरमा रहेका पद्मनारायण चौधरी वा मुस्लिम समुदायबाट पहिलो नम्बरमा रहेका अतहर कमाल मुसलमानमध्ये एक जना सांसद बन्ने सम्भावना छ । पिछडिएको क्षेत्रबाट पुरुषतर्फ बन्दसूचीको पहिलो नम्बरमा रहेका अछामका रामबहादुर विष्ट सांसद बन्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group