ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निषेधाज्ञा विरुद्धको रिट न्यायाधीश भट्टराईको इजलासमा


एबीसी न्यूज
८ मंसिर २०८०, शुक्रबार   १२ : ४४   बजे

ुकाठमाडौं, ८ मंसिर ।  माइतीघर मण्डला र राष्ट्रपति कार्यालय आसपास निषेधाज्ञाविरुद्ध सर्वोच्च अदालतमा परेका रिट आज न्यायाधरीश डा। आनन्दमोहन भट्टराईको इजलासमा परेको छ ।

गत मंगलबार अधिवक्ताहरू भद्रप्रसाद नेपाल र प्रेमप्रसाद शिलवालले छुट्टाछुट्टै दायर गरेका रिट बुधबार र बिहीबार हेर्न नभ्याइनेमा परेका थिए । बुधबार नहकुल सुवेदीको इजलासमा र बिहीबार डा। मनोजकुमार ढुंगानाको इजलासमा परेका थिए ।

बुधबार १६ औं नम्बरमा परेका रिट बिहीबार २८औं नम्बरमा परेका थिए । शुक्रबार भने न्यायाधीश भट्टराईको इजलासको २२औं नम्बरमा रिट परेका छन् । अधिवक्ताद्वय भद्रप्रसाद नेपाल र प्रेमप्रसाद शिलवालले निषेधाज्ञा लगाउने आदेश गैरसंवैधानिक भएको भन्दै खारेजीको माग गर्दै रिट दायर गरेका थिए ।

जिल्ला प्रशासन कार्यालयले मंसिर–७ मा व्यवसायी दुर्गा प्रसाईं र नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघले एकसाथ आन्दोलनको घोषणा गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले थप ३० दिनसम्म राष्ट्रपति कार्यालय तथा माइतीघर मण्डला आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो ।

सर्वोच्च अदालतले यसअघि नै ओली नेतृत्वको नेकपाको सरकारका समयमा तत्कालीन गृहमन्त्री रामबहादुर थापाले जारी गरेको निषेधाज्ञाविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहितको रिटमा सरकारको निर्णय खारेज हुनेगरी फैसला गरिसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

काठमाडौंमा आज अपराह्नदेखि वर्षाको सम्भावना, बिहान बादलले ढाकियो उपत्यका

भदौ ३१ देखि पुनः सुरु हुँदै नेपालगञ्ज–पोखरा हवाई सेवा, धार्मिक पर्यटनमा बढ्यो आशा

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu