ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ढिलै भए पनि आंशिक न्याय पाएँ, कानुनमन्त्री नांगिए उपप्राध्यापक चलाउने


एबीसी न्यूज
८ मंसिर २०८०, शुक्रबार   ३ : ००   बजे

ुकाठमाडौं, ८ मंसिर । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले ढिलै भए पनि आंशिक न्याय पाएको प्रतिक्रिया दिएका छन्।

काठमाडौँ जिल्ला अदालतले उनीमाथि कुटपिट गर्ने ६ जनालाई २ वर्ष कैद गरी २८ लाख क्षतिपूर्ति भराउने फैसला गरेपछि उपप्राध्यापक चलाउनेले यो प्रतिक्रिया दिएका हुन्।

प्रेम चलाउनेमाथि कुटपिट गर्ने ६ जनालाई २ वर्ष कैद, २८ लाख क्षतिपूर्ति भराइने

उनले न्यायको संघर्षका क्रममा साथ दिने अधिवक्ता, अभियन्ता, सञ्चारजगत्, प्राज्ञिक जगत सबैलाई धन्यवाद दिँदै सामाजिक सञ्जालमा लेखेका छन्, ‘ढिलै भए पनि मैले आंशिक न्याय पाएको छु। यो म एक्लैले केही गर्न सक्दैनथेँ। धेरैजना मित्रहरू यो उपलब्धिका असली हकदार हुनुहुन्छ । प्रिय पत्रकार साथीहरू, मेरा अधिवक्ता मित्रहरू, सडक संघर्षमा होमिने साथीहरू, माइतीघर मोर्चा, प्राज्ञिक जगत्, मेरा सहकर्मी मित्रहरू, प्यारा विद्यार्थी, देश विदेशबाट उठेको सामाजिक सञ्जाल, आम न्यायप्रेमी जनसमुदाय, संसदमा आवाज बुलन्द पार्ने सांसद मलाई साथ दिन आउनुभयो।’

कानुनमन्त्री धनराज गुरुङलगायत केही कांग्रेस नेतामाथि भने उनले अपराधी जोगाउन लागेको र त्यसका लागि अदालतमाथि नांगो हस्तक्षेप गरेको आरोप लगाएका छन्।

‘देशको कानुनमन्त्रीलगायत केही कांग्रेसी नेता अपराधी जोगाउन अदालतमाथि नांगो हस्तक्षेप गरिरहेका थिए र त्यसको पवित्रतामाथि प्रहार गरिरहेका थिए, उनीहरू नांगै थिए,’ सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘न्यायलयभित्र मेरा अधिवक्ता, सरकारी वकिल, बाहिर खुला इजलासमा पत्रकार मित्रहरू मेरा निम्ति सत्य र न्यायको दूत बन्नुभयो र न्यायको बहस पैरवी गर्नुभयो। तपाईँहरूले गर्दा केही हदसम्म अँध्यारोमाथि उज्यालो, असत्य र अन्यायमाथि सत्य र न्यायको जित भएको छ।’

न्यायमूर्तिले पनि अदालतको शाख र गरिमा जोगाएको उनले टिप्पणी गरेका छन्। विपक्षी वकिलप्रति आफ्नो भन्नु केही नभएको र कसैको वकिल बन्न पाउनु उनीहरूको धर्म रहेको उनको भनाइ छ।

तर, संस्थागतरूपमा कानुन व्यवसायीका केही संगठन र तिनका पदाधिकारीको भूमिकामा भने उनले प्रश्न उठाएका छन्।

उनले लेखेका छन्, ‘संस्थागत रूपमा डीएलए, जिल्ला बार वा नेपाल बारको गरिमामय पदमा आसीन व्यक्तित्व पार्टी वा कुनै भ्रातृ संगठनको भेषमा खुलेआम अपराध गर्ने गुण्डा जोगाउन आउने कुरा हाम्रो अहिलेको समयको सबैभन्दा ठूलो दुःखान्त हो।’
उपप्राध्यापक चलाउनेले आफूलाई साथ दिने सबैप्रति आभार व्यक्त गर्दै यो ऋण आफूजस्तै अन्यायमा परेकाहरूका निम्ति लडेर तिर्ने वाचा पनि गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group