ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उर्लाबारी आगलागी अपडेट – मृतकको संख्या ५ पुग्यो


एबीसी न्यूज
१२ मंसिर २०८०, मंगलबार   ११ : ०८   बजे

विराटनगर १२ मंसिर, । मोरङको उर्लाबारीमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।२६ कात्तिकमा उर्लाबारी नगरपालिका ७ को सुनपसलमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या पाँच पुगेको हो ।आगो निभाउने क्रममा सिलिण्डर विस्फोट हुँदा चार प्रहरीसहित २८ जना घाइते भएका थिए ।

प्रहरीका अनुसार सोमबार राति उर्लाबारी नगरपालिका–७ का ४३ वर्षीय रामनरेश मरिताको उपचारका क्रममा मृत्यु भएको हो ।काठमाडौं कीर्तिपुरको बर्न अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । योसँगै सो घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।यसअघि उर्लाबारी ७ कै ६८ वर्षीय रुकुमबहादुर कार्की, ४२ वर्षीय कुमार तामाङ, ४९ वर्षीय हेमकुमार दाहाल र ४३ वर्षीय तपन पण्डितको मृत्यु भएको थियो ।

२६ कात्तिक लक्ष्मीपूजाको दिन राति साढे १० बजे उर्लाबारी–७ बरगाछीस्थित दीपक कार्कीको घरमा रहेको सुनचाँदी पसलमा आगलागी भएको थियो ।आगलागी नियन्त्रणमा लिने प्रयास गरिररहेका बेला ग्यास सिलिण्डर विष्फोट भएको थियो । सो घटनामा चार प्रहरीसहित २८ जना स्थानीय घाइते भएका थिए । घाइते मध्ये सात जनाको अवस्था गम्भीर थियो । आगलागीबाट साढे तीन करोड बराबरको क्षति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

सम्बन्धित

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group