ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बर्दीमै अपराध ! तीन वर्षमा एसपीसहित ८९ प्रहरी नै कारबाहीमा


एबीसी न्यूज
१२ मंसिर २०८०, मंगलबार   १ : ५२   बजे

काठमाडौं, १२ मंसिर । अपराधलाई कारबाही गर्ने जिम्मेवारी पाएका सुरक्षाकर्मी नै जघन्य प्रकृतिको अपराधमा संलग्न हुने गरेको घटना देखापरेका छन् । रसुवामा आइतबार मात्रै एक व्यक्तिलाई बेपत्ता पारेको आरोपमा दुई प्रहरी कर्मचारी हिरासत पुगे ।

रसुवा गोसाइँकुण्ड गाउँपालिका–१ थुमनका ४२ वर्षीय काले भन्ने छिरिङ तामाङलाई बेपत्ता पारेको आरोपमा जिल्ला प्रहरी कार्यालय रसुवामा कार्यरत प्रहरी प्रहरी सहायक निरीक्षक रामविद्या शाह र प्रहरी वरिष्ठ हवल्दार जगतनारायण थारू हिरासत पुगेका हुन् ।

कुटपिट तथा झै–झगडा आरोपमा पक्राउ परेका तामाङलाई नियन्त्रणमा लिँदै जिल्ला प्रहरी कार्यालय धुञ्चे ल्याउँदै गर्दा तामाङले रोङ्गा दोभानको नजिक उत्तरतर्फको भीरबाट हाम फालेर बेपत्ता भए ।

उनी अझै फेला परेका छैनन् । तर, उनका परिवारले भने तामाङलाई प्रहरीले बेपत्ता पारेको भन्दै प्रहरीमा निवेदन दिएका छन् । त्यही निवेदनपछि रसुवा प्रहरीले आफ्नै कर्मचारी शाह र थारुलाई नियन्त्रणमा लिएको थियो ।

आइतबार जिल्ला अदालत रसुवाले उनीहरू दुवैलाई जनही ६ लाख ५० हजार धरौटी बुझाउन आदेश दियो । तर, धरौटी बुझाउन नसकेपछि दुवैजना कारागार चलान भएका छन् ।

एक महिना अघिमात्रै २१ असोजमा काठमाडौं महाराजगञ्जमा भएको लुटपाट घटनामा प्रहरी कर्मचारीकै संलग्नता देखिएपछि असईसहित तीन जना पक्राउ परेका थिए । उनीहरुसमेत हाल पुर्पक्षका लागि जेल चलान भएका छन् ।

प्रहरी वृत्त महाराजगन्जमा कार्यरत असई सुनबहादुर तामाङ, प्रहरी सहायक हवल्दार खगराज अधिकारी र प्रहरी जवान भुवन बराल लुटपाटलमा संलग्न थिए । उनीहरुले सिन्धुलीका मदन पुरी र सन्तोष पुरीसँग निजी गाडीमा ठमेलबाट युवतीसहित बालुवाटार जाँदै गरेका कुमार रोका र नवराज नगरकोटीलाई रोकेर लुटपाट गरेका थिए ।

हुन त, सुन तस्करी तथा अवैध सामान ओसार–पसारमा सुरक्षा संगठनकै गाडीदेखि सुरक्षाकर्मी नै संलग्न हुने गरेको घटना सार्वजनिक नभएको होइन । सुन तस्करीमा प्रहरीका दर्जनौ अधिकारी एकै पटक जेल समेत पुगेका छन् । पछिल्लो समय चोरीदेखि लुटपाट तथा डकैतीमा समेत सुरक्षाकर्मी संलग्न हुने गरेको घटना बढ्न थालेको हो ।

३० कार्तिकमा अर्को सुरक्षा संगठन सशस्त्र प्रहरी बलका असईसमेत चोरी घटनामा पक्राउ परे । कैलालीको धनगढीस्थित स्वस्तिक अस्पतालबाट ल्यापटप चोरीको आरोपमा सशस्त्र प्रहरी बल ४४ नम्बर गण दार्चुलामा कार्यरत असई रमेश भण्डारी पक्राउ परेका हुन् ।

उनीमाथि चोरी मुद्दामा अनुसन्धान अझै जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनी तालिमको दौरान दार्चलाबाट धनगढी आएको खुलेको छ ।

त्यसरी नै विभिन्न अपराधमा नेपाली सेनाका कर्मचारीसमेत मुछिदै आएका छन् । दुई वर्षअघि मात्रै महेन्द्र दल गण शिवपुरीमा कार्यरत सैनिक जवान गंगाधर ढकालले पैसाका लागि आफ्नै साथी सैनिक हवल्दार भरत गुरुङको गोली हानी हत्या गरेका थिए ।

भरतपुर निवासी ढकालले विदामा चितवन गएका धादिङका गुरुङको हत्या गरेका थिए । त्यबाहेक लागूऔषध तस्करीदेखि ठगी आरोपमासमेत सैनिक कर्मचारी पक्राउ पदै आएका छन् । सैनिक कर्मचारी संलग्न घटनाको अनुसन्धान गर्ने सेनाभित्र आफ्नो छुट्टै सैनिक अदालत समेत छ । जसको प्रारम्भिक अनुसन्धान सैनिक प्रहरी गणले गर्ने गर्छ ।

आमजनताको सुरक्षामा खटिने सुरक्षाकर्मी नै अपहरण, लुटपाट तथा चोरी डकैती जस्ता घटनामा मुछिनु दुःखद भएको नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी बताउँछन् ।

“सुरक्षा निकायका कर्मचारी नै अपराधिक गतिविधिमा संलग्न हुनु समाजका लागि खतरा हो । पछिल्लो समय सुरक्षा संगठनमाथि राजनीतिक हस्तक्षेप बढेको छ । जसकारण अनुुशासनमा बस्नुभन्दा शक्ति केन्द्रको पाउँमा पर्ने अवस्थाका कारण यो अवस्था आएको हो,” मल्ल भन्छन् ।

आचरण सुधारका लागि भर्ना छनोटदेखि सामान्य गल्ती गर्दा पनि रेकर्ड राख्ने चलन र आपराधिक मनोवृत्ति भएका कर्मचारीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने मल्लले बताए ।

आमसर्वसाधारण मानिसको तुलनामा सुरक्षा संगठनमा कार्यरत सुरक्षाकर्मीमा अनुशासन बढी हुन्छ । कठोर तालिम तथा संगठनभित्रको आफ्नै ‘चेन अफ कमाण्ड’ का कारण उनीहरु बढी अनुशासित हुने गरेका हुन् । हरेक सुरक्षाकर्मी संगठनभित्र चेनअफ कमाण्डमा रहनैपर्छ ।

संगठनको ‘चेन अफ कमाण्ड’मा रहन नसक्ने र अनुशासन पालना नगर्ने सुरक्षाकर्मीमाथि आन्तरिक रुपमा यातना नै हुन्छ ।

तीन वर्षमा कति प्रहरीलाई भयो कारबाही ?

यसरी संगठनको आचारणविपरीत र आपराधिक गतिविधिमा सशस्त्र प्रहरी बल र नेपाली सेना भन्दा नेपाल प्रहरीको संलग्नता बढी देखिएको छ । संगठनको आचरणविरुद्ध प्रहरीका कार्यालय सहयोगीदेखि वरिष्ठ प्रहरी उपरीक्षक ९एसएसपी० सम्म संलग्न देखिएका छन् ।

प्रहरी प्रधान कार्यालयको पछिल्लो तीन आर्थिक वर्षको तथ्यांक अनुसार, पाँच हजार ८६६ जना प्रहरी कर्मचारीमाथि कारबाही भएको छ । आर्थिक वर्ष २०७७–०७८ मा एक हजार ९८२ जना प्रहरी कर्मचारी कारबाहीमा परेका छन् । त्यस्तै, २०७८–०८९ मा एक हजार ८६० जना प्रहरी कारबाहीमा परेका छन् ।

त्यस्तै ०७९–०८० मा दुई हजार २४ जना कारबाहीमा परेका छन् । यसरी कारबाहीमा परेकामध्ये ८९ जना सिनियर प्रहरी अधिकारी नै छन । जसमध्ये ६४ प्रहरी निरीक्षक १६ डीएसपी र १० एसपी छन् ।

यसरी आचरणविपरीत काम गर्ने प्रहरी कर्मचारीलाई कसूर हेरेर ग्रेड घटुवादेखि बर्खास्तसम्मका कारबाही भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सशस्त्र प्रहरी र सेनामा पनि कारबाहीको संख्या प्रहरीको तुलनामा कम भएपनि शुन्य भने छैन ।

किन गर्छन् बर्दीको आडमा अपराध ?

अपराधीलाई कानुनको दायरामा ल्याउने प्रहरी तथा आम नागरिकको जीउधनको सुरक्षामा खटिनुपर्ने सुरक्षाकर्मी आफैँ आपराधिक गतिविधिमा संलग्न हुँदै गएको तथ्य संवेदनशील छ । अनुशासनका लागि कठोर मानिएको सुरक्षाकर्मी व्यक्तिगत लोभ र चाँडो धनी बन्ने उच्च महत्वकांक्षाका कारण आपराधिक क्रियाकलापमा संलग्न हुने थालेको सुरक्षा अधिकारीहरु बताउँछन् ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी दिनेश मैनाली भन्छन्, ‘‘संगठनमा रहेका खराब मनोवृत्तिका कर्मचारीलाई त्यहीअनुसारको कारबाही हुन्छ । अपराध गर्दा बर्दी लगाएको आडमा कोही पनि जोगिँदैनन् ।’’

पूर्वगृहसचिव गोविन्द कुसुमले सुरक्षाकर्मीमा आवश्यक परामर्श र तालिम आवश्यक रहेको बताए ।

“सुरक्षाकर्मी पनि हाम्रै समाजका उपज हुन् । उनीहरुले बर्दी लगाएपछि मात्रै त्यसको उजार भएको हो,’’ कुसुमले बाह्रखरीसँग भने, ‘‘तर, बर्दी लगाएपछि संगठनको मुख्य उद्देश्यलाई नै आत्मसात गर्नुपर्छ । त्यसका लागि सुरक्षाकर्मीलाई तालिमको आवश्यकता पर्छ ।’’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group