ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एएफसी कप – म्यानमारको क्लबलाई भिसा दिन अस्ट्रेलिया सरकारको अस्वीकार


एबीसी न्यूज
१२ मंसिर २०८०, मंगलबार   २ : ०३   बजे

काठमाडौं, १२ मंसिर । एएफसी कपअन्तर्गत अस्ट्रेलियाको माकार्थर एफसी र म्यानमारको सान युनाइटेडबीचको खेल ‘तटस्थ’ भूमिमा सरेको छ । म्यानमारको सान युनाइटेडलाई अस्ट्रेलियन सरकारले भिसा दिन अस्वीकार गरेपछि सिड्नीमा हुने तय भएको खेल थाइल्यान्डको बैंककमा सारिएको हो ।

अस्ट्रेलियाको फुटबल संघले सोमबार सरकारले भिसा दिन अस्वीकार गरेपछि खेललाई ‘तटस्थ’ भूमिमा सारिएको जनाएको हो । अब यी दुई टिमबीचको खेल बिहीबार बैंककस्थित बीजी रंगशालामा हुनेछ ।

अस्ट्रेलियाको ‘ए’ लिग क्लब माकार्थरले गत सेप्टेम्बरमा सानसँग म्यानमारमा खेलेपछि मानव अधिकारवादी समूहबाट चर्को आलोचना खेप्नु परेको थियो ।

“अस्ट्रेलियन सरकारले सान युनाइटेड एफसीका खेलाडी र अफिसियलहरूलाई भिसा दिन अस्वीकार गरेपछि खेल तटस्थ भूमिमा सार्ने निर्णय गरिएको हो । यसको अर्थ सान युनाइटेडले अस्ट्रेलियन भूमिमा खेल्ने कुनै पनि आधिकारिक बाटो छैन,” अस्ट्रेलियन फुटबल संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सन् २०२१ मा निर्वाचित सरकारलाई अपदस्थ गर्दै सत्ता हातमा लिएपछि म्यानमारमा रक्तपातपूर्ण हिंसा जारी छ । जसका कारण त्यहाँका रोहिग्या मुस्लिम समुदायका करिब १० लाख मानिस बंगलादेशमा आप्रवासी बनेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group