ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कमेडियन अपूर्वक्षितिज सिंहलाई अदालतले गर्‍यो १० हजार जरिवाना


एबीसी न्यूज
१२ मंसिर २०८०, मंगलबार   ४ : ००   बजे

काठमाडौं, १२ मंसिर । कमेडियन अपूर्वक्षितिज सिंहलाई काठमाडौं जिल्ला अदालतले १० हजार रुपैयाँ जरिवाना गरेको छ।

आइतबार न्यायाधीश कपिलमणि गौतमको इजलासले उनलाई दोषी करार गर्दै १० हजार रुपैयाँ जरिवाना गर्ने फैसला भएको सिंहले बताए।

मुलुकी अपराध संहिताको दफा १६५ सामाजिक रीति स्थितिमा खलल पार्न नहुने कसुरमा उनलाई दोषी करार गर्दै १० हजार जरिवाना गरिएको हो।

उनीविरूद्ध सार्वजनिक शान्तिविरूद्ध, जातीय भेदभाव तथा छुवाछुत र जातपातका आधारमा छुवाछुत वा अन्य भेदभावूर्ण व्यवहार गर्न नहुनेसम्बन्धी कसुरमा पनि मुद्दा परेको थियो। ती मुद्दामा भने दाबी नपुगेको भन्दै इजलासले ती कसुरमा थप सजाय गरेको छैन।

उनले यसरी हाँस्यव्यंग्य गरेकै आधारमा दोषी ठहर गर्दा गलत नजिर बसेको बताए। यसरी आदेश आउँदा जसले(जसलाई पनि मुद्दा हाल्न सक्ने भन्दै उनले असन्तुष्टि जनाएका हुन्।

‘मेरो मात्रै कुरा भएको भए भोलिदेखि नै हाँस्यव्यंग्य गर्न बन्द गरूँला, सचेत भएर बोल्छु, काम गरे पनि भिडिओहरू ननिकालुँला। तर यसले गर्दा अरूलाई पनि गाह्रो हुनसक्छ भन्ने मेरो चिन्ताको विषय हो,’ उनले भने, ‘यो नजिर बसेपछि जसले जसलाई पनि सानो कुरामा पनि मुद्दा हाल्दिन मिल्ने भयो। यो विषयलाई मैले उठाउन खोजेको हुँ।’

यसबारे पूर्णपाठ आउन केही समय लाग्ने भएर आफूहरू पुनरावेदनमा जानेरनजाने भन्ने विषयबारे अनिर्णित भएको पनि उनले बताए। उनले कलाकारहरूबाट सहयोगको अपेक्षा राखेको बताएका छन्।

कमेडी क्याफेको आयोजनामा भएको स्ट्यान्डअप कमेडीको भिडिओ २०७९ भदौ १० गते युट्युबमा हालिएको थियो।

नेवारको परम्पराु शीर्षकमा राखिएको उक्त भिडिओको २४ घन्टा नबित्दै आलोचना र विरोध भएको थियो। नेवार समुदायका केही व्यक्तिहरूले आफ्नो आस्थामाथि चोट पुर्‍याएको भन्दै विरोध जनाएका थिए। विरोध र आलोचना भएपछि उनले उक्त भिडिओ हटाएर सार्वजनिक रूपमा माफी मागेका थिए।

तर नेवार समुदायका केही व्यक्तिहरूले उनीविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए। उनीहरूले चार वटा शीर्षकमा जाहेरी दिएका थिए। त्यसपछि प्रहरीले सिंहलाई भदौ १२ गते पक्राउ गरेको थियो। त्यसपछि उनी ११ दिन हिरासतमा बसेका थिए।

अपूर्वलाई ११ दिन हिरासतमा बसेपछि कोरोना संक्रमण देखिएको थियो। त्यसपछि प्रहरीले भदौ २३ गते उनलाई हाजिर जमानीमा छाडेको थियो। भदौ २३ गते छुटेका उनलाई कात्तिक १ गते प्रहरीले पुनस् पक्राउ गर्‍यो। सरकारी वकिलको कार्यालय काठमाडौंले २०७९ कात्तिक २ गते मुद्दा दर्ता गरेको थियो।

काठमाडौं जिल्ला अदालतले २०७९ कात्तिक ३ गते न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले पुर्पक्षको लागि २ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। धरौटी बुझाएर सिंह छुटेका थिए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group