ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मंसिर १४ देखि नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला पाँच देश सहभागी हुने


एबीसी न्यूज
१२ मंसिर २०८०, मंगलबार   ५ : २३   बजे

काठमाडौं, १२ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघले नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला,२०२३ आयोजना गर्ने भएको छ।

मंगलवार महासंघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आगामी मंसिर १४ देखि १८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्न लागेको जानकारी दिएको हो।

पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड–१९को कारण केही वर्ष रोकिएको मेला यो वर्षबाट निरन्तरता दिन लागेको बताए।

उनले मेलाले आन्तरिक उत्पादनलाई विश्व बजारमा लैजान मदत पुग्ने तथा अन्तर्राष्ट्रिय उत्पादनका निर्यातकर्ता र आयातकर्ताहरुको एकै ठाउँमा भेट हुने माध्यम बन्ने बताए।

मेलाबाट नेपाली उत्पादन र विदेशी उत्पादनको सहज रुपमा अवलोकन गर्न सकिने दाबी गरे। उनले नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाले पछिल्लो समय सुस्त हुँदै गएको आर्थिक गतिविधिलाई चलायमान बनाउन मद्दत पुग्ने अपेक्षा रहेको बताए।

उनले अन्तर्राष्ट्रिय व्यापार मेलाले जिल्ला तहमा वृद्धि हुँदै गएका व्यापार मेलाहरुलाई पनि मद्दत पुग्ने बताए। उनले मेलामा चीनबाट ५५,भारतबाट ३०, बंगलादेश र पाकिस्तानबाट ८र८ वटा स्टलहरु रहने बताए।

उनले मेलामा २१० वटा स्टलहरु मार्फत मेलामा स्वदेशी र विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिने बताए।

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने एक माध्यम बन्दै आएको महासंघको भनाई छ। मेलामा नेपालको औद्योगिक व्यवसायीक सम्भाव्यताका विषयमा जानकारी गराउन थप सहयोग पुग्ने विश्वास महासंघले लिएको छ।

मेलामा चीनको गान्छु प्रदेशबाट १२ जना व्यापारीक प्रतिनिधिमण्डल र नेपाली व्यापारीक प्रतिनिधिमण्डलबीच कृषि, जडिबुटी, औषधि, हस्तकलाका वस्तुहरुको विषयमा छलफल समेत हुनेछ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

विश्वकपमा इंग्ल्यान्ड–अर्जेन्टिना: युद्ध, माराडोना र मेसीसम्म जोडिएको ७४ वर्ष पुरानो प्रतिद्वन्द्विता, यसअघि कहिले–कहिले भेट भएका थिए?

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu