ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेको मेची-महाकाली यात्रा उद्घाटन गर्न ओली सुदूरपश्चिममा, रावल सहभागी नहुने


एबीसी न्यूज
१३ मंसिर २०८०, बुधबार   २ : ४२   बजे

काठमाडौं, १३ मंसिर । नेकपा एमालेले सुरु गर्न लागेको मध्य पहाडी लोकमार्गको पदयात्रा कार्यक्रमको उद्घाटनका लागि अध्यक्ष केपी शर्मा ओली सुदूरपश्चिममा छन्।

‘समृद्धिका लागि संकल्प यात्रा’ नाम दिएर बिहीबारदेखि बैतडीको झुलाघाटबाट एमालेले मध्यपहाडी लोकमार्गको पदयात्रा सुरु गर्दैछ।

सो कार्यक्रमको उद्घाटनका लागि अध्यक्ष केपी शर्मा ओली मंगलबार साझ कैलालीको धनगढी पुगेका थिए।

अध्यक्ष ओलीसहितका शीर्ष नेतृत्व कार्यक्रममा सहभागी हुन बुधबार बिहानै बैतडीको झुलाघाटका लागि हिँडेका छन्।

एमालेले बिहीबार बिहान ९ बजे पश्चिम बिन्दु झुलाघाटदेखि सुरु गर्ने पदयात्रा १ हजार ८ सय ७९ किलोमिटरको मध्यपहाडी लोकमार्ग अन्तर्गत पूर्वको चिवाभञ्ज्याङ पुगेर टुंगिनेछ।

यात्राका क्रममा एमालेले ठाउँ(ठाउँमा आमसभाको आयोजना गर्नेछ। बैतडीको झुलाघाटमा पदयात्रा शुभारम्भ कार्यक्रमको तयारी पूरा भएको नेकपा एमालेका नेता दामोदर भण्डारीले बताए।

उनका अनुसार बुधबार अध्यक्ष ओलीलाई बैतडीको सीमामा स्वागत गरिनेछ। त्यसपछि ओली पाटनमा आयोजना हुने सम्मान कार्यक्रममा सहभागी हुनेछन्।

निङ्लाशैनी मन्दिरको दर्शनपछि ओली सदरमुकाम गोठलापानी जाने कार्यक्रम छ। बिहीबार बिहान ९ बजे झुलाघाटमा एमाले अध्यक्ष ओलीले पदयात्राको शुभारम्भ गर्ने भण्डारीले बताए।

त्रिपुरा सुन्दरी मन्दिरको दर्शन, सहिद दशरथ चन्दको घरमा पुगेर शालिकमा माल्यार्पण, पार्टी कार्यालय उद्घाटनलगायतका कार्यक्रममा ओली सहभागी हुने तय भएको छ।

बैतडीको गोठलापानीमा आयोजना हुने आमसभालाई पनि ओलीले सम्बोधन गर्नेछन्।

सुदूरपश्चिम खण्डमा झुलाघाटदेखि वनखेतसम्मको ३५८ किलोमिटर यात्राको बीचमा डडेल्धुरा, डोटी, अछामको साँफेबगर र मंगलसेनमा आमसभा हुनेछ।

पदयात्रामा निस्किने टिमलाई सुदूरपश्चिमको टोलीले वनखेतबाट बिदाइ गर्नेछ। करिब १९ दिनसम्म सञ्चालन हुने पदयात्राका क्रममा बाटोमा पर्ने ठाउँको विकास सम्भावना र समृद्धिबारे छलफल, बहस र अध्ययन हुने एमाले नेताहरू बताउँछन्।

एमाले नेता डा।भीम रावल आफ्नै गृहप्रदेशबाट सुरु हुन लागेको पदयात्रामा सहभागी नहुने भएका छन्। पदयात्राको लागि आफूलाई निम्ता नगरिएको उनले सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन्।

माले सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णप्रसाद जैसीले निमन्त्रणाका लागि रावलसँग टेलिफोन सम्पर्क गरेका थिए।

प्रदेशको अभियान नभएर केन्द्रको अभियान भएकाले अध्यक्ष ओलीसँग आफ्नो सहभागिताको बारेमा कुरा गर्न रावलले जैसीलाई भनेका थिए।

प्रदेश अध्यक्ष जैसीले एमाले महासचिव शंकर पोखरेलसँग टेलिफोन पश्चात् फेरि रावलललाई सम्पर्क गरेका थिए।

‘अध्यक्षको स्वकीयसँग कुरा हुँदा महासचिवसँग कुरा गर्न भनियो, महासचिवसँग कुरा गर्दा इच्छा हुनेले जाँदा हुन्छ भन्ने जवाफ आएकोले तपाईं झुलाघाट जानु परेन अछाम आफ्नै किसिमले गए हुन्छ,’ रावलले जैसीको भनाई उद्धृत गर्दै लेखेका छन्, ‘अब सबै विवेकशील व्यक्तिले सोचौँ, यही हो त मलाई अभियानमा निम्ता गरिने कायदारु’

रावलले अध्यक्ष ओलीले निम्तो गरे आफू कार्यक्रममा सहभागी हुने सन्देश पठाएका थिए। रावलले प्रदेशको अभियान भए प्रदेश अध्यक्ष जैसीले निमन्त्रणा गर्दा कार्यक्रममा सहभागी हुने उल्लेख गरे।

नेकपा एमालेका नेता दामोदर भण्डारी राष्ट्रिय कार्यक्रम भएकाले यस कार्यक्रममा सबैले सहभागिता जनाउन सक्ने दाबी गर्छन्। ‘राष्ट्रिय कार्यक्रममा हो, सहभागी हुनमा कसैलाई रोक छैन,’ उनले भने।

 

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group