ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिविले ‘कुलपति पदक’ वितरण नगर्ने


एबीसी न्यूज
१३ मंसिर २०८०, बुधबार   २ : ५६   बजे

काठमाडौं, १३ मंसिर । त्रिभुवन विश्वविद्यालय त्रिविले यस वर्षदेखि ‘कुलपति पदक’ वितरण नगर्ने भएको छ । प्रत्येक वर्ष त्रिवि दीक्षान्त समारोहमा प्रदान गर्दै आइरहेको उक्त पदक यस वर्षदेखि वितरण नगर्ने भएको हो ।

त्रिविका परीक्षा नियन्त्रक कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले सेमेष्टर प्रणालीअनुसार सर्वोकृष्ट अंक ल्याउने विद्यार्थी छुट्याउन नसकिएकाले कुलपति पदक वितरण नगर्ने जानकारी दिए ।

“स्नातकोत्तर तहको नौ संकायमा सबैभन्दा बढी अंक ल्याउने एकजना विद्यार्थीलाई कुलपति पदक प्रदान गरिँदै आइरहेका थियौँ”, उनले भने, “सेमेष्टर प्रणालीमा ग्रेडिङका आधारमा नतिजा प्रकाशन गर्ने भएपछि को सर्वोकृष्ट भन्ने छुट्याउन समस्या भएको हो ।”

“पदकका लागि विद्यार्थी छनोट गर्दा प्राप्तांकको प्रतिशतका आधारमा सर्वोकृष्ट अंक प्राप्त गर्ने एकजना विद्यार्थी छनोट गरिन्थ्यो”, जोशीले भने, “हाल सेमेष्टरअन्तर्गत ग्रेडिङ प्रणालीअनुसार मूल्यांकन गरिने हुँदा सर्वोकृष्ट विद्यार्थी छुट्याउन नसकिने भएपछि पदक नदिने निर्णय भएको हो ।”

कुलपति पदक नौ वटै संकायमा सबैभन्दा बढी अंक ल्याउने एकजना विद्यार्थीलाई प्रदान गरिँदै आइएको थियो । पदकमा तीन तोला सुनसहित र प्रमाणपत्र हुने गरेको उनको भनाइ थियो ।

दीक्षान्त समारोहमा उपकुलपति पदक भने प्रदान गरिने जोशीले जानकारी दिए । उनका अनुसार उपकुलपति पदक स्नातक तहमा सर्वोकृष्ट अंक ल्याउने एक जना विद्यार्थीलाई प्रदान गरिने छ । उपकुलपति पदकमा एक तोला सुन र प्रमाणपत्र हुन्छ ।

त्रिविको ४९औँ दीक्षान्त समारोह यही पुस २ गते दशरथ रंगशालामा हुने भएको छ । त्रिविका रजिष्ट्रार प्रा। डा। पेशल दाहालले स्नातकोत्तर तहमा सबै विषयमा ग्रेडिङ पद्धति लागु भइसकेकाले सर्वोकृष्ट विद्यार्थी छुट्याउन नसकिने भएपछि कुलपति पदकका लागि सिफारिस गर्न नसकिएको बताए ।

“पहिला वार्षिक परीक्षामा विद्यार्थीले प्राप्तांकको आधारमा सर्वोकृष्ट विद्यार्थीको हो भनेर सजिलै छुट्याउन सकिन्थ्यो”, उनले भने, “स्नातकोत्तर तहमा सबै ग्रडिङ पद्धति लागु भइसकेकाले सर्वोकृष्ट विद्यार्थी छुट्याउन सकिँदैन । ९० देखि ९९ अंक पाउने एउटै ग्रेडमा रहन्छन् ।”

दाहालले विश्वमा नै ग्रेडिङ पद्धति लागु भइसकेको अवस्थामा नेपालमा पनि लागु गरिएको बताए । उनले विस्तारै स्नातक तहमा पनि ग्रेडिङ पद्धति लागु हुने बताए । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

विश्वकपमा इंग्ल्यान्ड–अर्जेन्टिना: युद्ध, माराडोना र मेसीसम्म जोडिएको ७४ वर्ष पुरानो प्रतिद्वन्द्विता, यसअघि कहिले–कहिले भेट भएका थिए?

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu