ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोसीको बजेटमा मतदानबारे एमाले र राप्रपा छलफलमा


एबीसी न्यूज
१३ मंसिर २०८०, बुधबार   ३ : ००   बजे

काठमाडौं, १३ मंसिर । कोसी प्रदेशसभामा पेस भएको बजेट अध्यादेश प्रतिस्थापनसम्बन्धी विधेयक पारित गन मत दिने वा नदिने भन्ने विषयमा नेकपा एमाले० र राप्रपाले छलफल गरेका छन् । दुई दलबीच बैठक जारी छ ।

प्रदेशसभाको बैठक बुधबार ९आज० दिउँसो १ बजेलाई तोकिएको थियो । तर, दलको बैठक जारी रहेकोले प्रदेशसभा बैठक सुरु हुन सकेको छैन ।

प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले दुवै दलको बैठक जारी रहेकोले केही विलम्ब हुन पुगेको जानकारी दिए ।

तत्कालीन एमाले नेतृत्वको सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले अध्यादेशमार्फत ल्याएको चालु आर्थिक वर्षको बजेट संशोधनसहित पारित गर्न कोसी सरकारले प्रतिस्थापन विधेयक पेस गरेको थियो । बजेट तथा कार्यक्रममाथि उठेका जिज्ञासाको जवाफ मंगलबारको बैठकमा मुख्यमन्त्री केदार कार्कीले दिएका थिए ।

बजेटमाथि एमालेका ६ र राप्रपाका दुई सांसदले खर्च कटौतीसम्बन्धी प्रस्ताव दर्ता गराएका छन् ।

प्रतिस्थापन विधेयकमार्फत सरकारले ३६ अर्ब ७४ करोड बजेट ल्याएको छ । अघिल्लो सरकारले ल्याएको बजेटभन्दा यो बजेट ५० करोड बढी हो ।

नेकपा एकीकृत समाजवादी० प्रदेश संसदीय दलका नेता राजेन्द्र राईले बजेट पास गराउन गठबन्धन दलहरुले पक्षमा मतदान गर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेनसँग सम्बन्ध चिसिएको विषयमा रविको स्पष्टीकरण : ‘व्यक्तिगत दुश्मनी होइन, विचारको मतभेद हो’

किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालत पाटनको अन्तरिम आदेश

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu