ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोको छन् प्रधानमन्त्रीको यूएई भ्रमण दलमा ?


एबीसी न्यूज
१३ मंसिर २०८०, बुधबार   ३ : ५४   बजे

काठमाडौं, १३ मंसिर । संयुक्त राष्ट्रसंघीय वातावरणीय सम्मेलनका लागि संयुक्त अरब इमिरेट्स यूएई भ्रमणमा जान लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भ्रमण दलको अन्तिम टुङ्गो लागेको छ।

यूइएको दुबईमा १४–१६ मंसिरमा हुने राष्ट्रसंघीय वातावरणसम्बन्धी सम्मेलन कोप–२८० मा मन्त्रिपरिषद्बाट प्रधानमन्त्री प्रचण्ड र वन तथा वातावरण मन्त्री वीरेन्द्र महतो सहभागी हुनेछन्।

भ्रमण दलका अन्य सदस्यमा प्रधानमन्त्रीपुत्री गंगा दाहाल, राष्ट्रिय योजना आयोगका सदस्य प्रभु बुढाथोकी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव एकनारायण अर्याल, वन तथा वातावरण मन्त्रालयका सचिव दीपककुमार खरेल, अर्थसचिव कृष्णहरि पुष्कर, प्रधानमन्त्रीका निजी सचिव रमेश मल्ल, परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्साल, चिफ अफ प्रोटोकल दीलिपकुमार पौडेल, प्रधानमन्त्रीका वातावरण विज्ञ डा।पपुलर जेन्टल, प्रोटोकल अफिसर प्रविन भट्टराई छन्।

यसैगरी सुरक्षाकर्मीहरू लेफ्टिनेन्ट कर्णेल निरज भण्डारी, डीएसपी सिद्धराज न्यौपाने र क्याप्टेन आशिष थापा पनि भ्रमण दलमा समावेश गरिएका छन्।

तीन जना सरकारी सञ्चारकर्मीलाई पनि भ्रमण दलमा राखिएको छ। तिनमा नेपाल टेलिभिजनका सम्पादक शालिग्राम सुवेदी, भिडिओग्राफर नवराज दाहाल र राष्ट्रिय समाचार समितिका फोटोग्राफर प्रदीपराज वन्त छन्।

अबुधावीस्थित नेपाली राजदूत तेजबहादुर क्षेत्रीसहितका अधिकारी पनि भ्रमण दलमा राखिएका छन्। तिनमा उपनियोग प्रमुख विशाल भट्टराई, श्रम हेर्ने कन्सुलर दीनबन्धु सुवेदी, द्वितीय सचिव तीलबहादुर सुनार, द्वितीय सचिव भूपेन्द्र घिमिरे, श्रम सहचारी अविद अन्सारी, तृतीय सचिव डिल्लीराम शर्मा र लेखातर्फका तृतीय सचिव विकास भट्टराई छन्।

यसैगरी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालसहितका उद्योगी(व्यवसायी पनि भ्रमण दलमा छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

विश्वकपमा इंग्ल्यान्ड–अर्जेन्टिना: युद्ध, माराडोना र मेसीसम्म जोडिएको ७४ वर्ष पुरानो प्रतिद्वन्द्विता, यसअघि कहिले–कहिले भेट भएका थिए?

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu