ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौँसहित चार प्रदेशका विभिन्न स्थानमा आज पानी पर्ने सम्भावना


एबीसी न्यूज
१४ मंसिर २०८०, बिहिबार   ८ : ५५   बजे

काठमाडौं, १३ मंसिर ।  आज (बिहीबार) काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना देखिएको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार यतिबेला काठमाडौँ उपत्यकासहित बागमती प्रदेश, गण्डकी, लुम्बिनी र मधेश प्रदेशमा मौसम बदली भएको छ अर्थात् बादल लागेको छ। महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना पनि छ। ‘अहिले बिहानदेखि दिउँसोसम्म देशका उल्लिखित स्थानमा हल्का वर्षा हुने सम्भावना छ’, मौसमविद् मानन्धरले बिहीबार बिहान भनिन्, ‘यस क्रममा आज दिउँसो काठमाडौँ उपत्यकामा पनि हल्का÷छिटपुट वर्षा हुने सम्भावना देखिएको छ, त्यस्तो ठूलो वर्षाको सम्भावना भने छैन।’उनका अनुसार दिउँसो देशका विभिन्न स्थानमा पानी पर्ने सम्भावना भए पनि अपराह्न अर्थात् २, साढे २ बजेपछि मौसम खुल्ने सम्भावना देखिएको छ।

महाशाखाका अनुसार राति भने वर्षाको सम्भावना छैन। राति कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक\दुई स्थानमा हल्का हिमपातको भने सम्भावना रहेको महाशाखाले जनाएको छ। मौसमविद्का अनुसार हाल देशमा पश्चिमी वायुका साथै भारतको राजस्थान क्षेत्र आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव पनि परिरहेको छ। त्यसैका कारण मौसम बदली, वर्षा र हिमपातको सम्भावना देखिएको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेनसँग सम्बन्ध चिसिएको विषयमा रविको स्पष्टीकरण : ‘व्यक्तिगत दुश्मनी होइन, विचारको मतभेद हो’

किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालत पाटनको अन्तरिम आदेश

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu