ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डा. ल्हारक्याल लामा आइबीसी अध्यक्षमा निर्वाचित


ABC NEWS
१४ मंसिर २०८०, बिहिबार   १० : ५४   बजे

काठमाडौं १४ मंसिर । भारतको नयाँ दिल्लीमा भएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामालाई विश्वभरका बुद्धमार्गी तथा सरकारहरु संलग्न रहेको सर्वोच्च संस्था International Buddhist Confederation (IBC) को कार्यकारी स्थायी समितिमा निर्वाचित गर्दै President पदमा निर्वाचित गरिएको छ।

विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महादिवेशन सोमबार देखि भारतको नयाँ दिल्लीमा सुरु भएको छ। विश्वभरका बुद्धमार्गी तथा सरकारहरु संलग्न रहेको सर्वोच्च संस्था विश्व बौद्ध शिखर सम्मेलनको महाधिवेशनमा सहभागी हुन उपाध्यक्ष डा. लामा दिल्लीमा रहेका छन् ।
विश्वभरका बुद्धमार्गी तथा सरकारहरु संलग्न रहेको सर्वोच्च संस्था IBCको स्थापनाकाल सन् २०११ साल देखि २०१६ सम्म स्थायी समिति सदस्यमा निर्वाचित भएर काम गर्दै आएका हुन् । सन् २०१७ को दोस्रो महादिवेशन बाट अधिकार प्राप्त कार्यकारी सदस्यमा पुनः निर्वाचित भएर सचीवमा निर्वाचित भएका उपाध्यक्ष डा.लामा IBC को स्थायी कार्यकारी समितिमा निर्वाचित हुदै President पदमा निर्वाचित भएका हुन् ।
भारत सरकारको मातहतमा रहेको IBC ले सय करोड भन्दा धेरै बुद्धिष्टहरुलाई एकता गर्दै विश्वभर शान्ति स्थापनको निम्ति विभिन्न कार्यक्रमहरु अगाडि बढाउदै आएको छ। बुद्धिष्ट संग सम्बन्धित रहेका पुरात्वातिक क्षेत्रहरुको खोज तथा अनुसन्धान गर्दै सम्बन्धित क्षेत्रहरुको संरक्षण र सम्बर्द्धन गर्दै आएको छ।
बुद्धदर्शनको विकास साथ-साथै संसार भर छरिएररहेका बुद्धधर्म अवलम्बीहरुमा विकृति विसंगति र धर्म परिवर्तन गर्ने जस्तो अस्वभाविक अवस्था आउन नदिन यस संस्थाले विशेष भुमिका खेल्ने छ। युगौ देखि विभिन्न खाले उत्पीडन र अत्याचार समेत व्यहोर्दै आएको बुद्धिष्टहरुलाई न्याय दिलाउन सबै प्रकारको उत्पीडन अन्त्यको लक्ष्य समेत IBCले राखेको छ।

हाल भारतको नयाँ दिल्लीमा रहेको बुद्धिष्टहरुको छाता सगठन जसले विश्वभरका बौद्धमार्गीहरुको साझा मञ्चको रूपमा काम गर्दै आइरहेको छ भने IBCको हाल ३९ देशहरूमा ३२० भन्दा बढी सगठनहरु रहेको छ।
उक्त संस्थाको President पदमा निर्वाचित भए लगत्तै पत्रकारहरु सग बोल्दै प्रथम (हेल्मो खेन्पो छिमे छिरिङ) उपाध्यक्ष डा.लामाले यो निर्वाचितले बुद्धको जन्मस्थल पवित्र भुमी नेपालको सम्मान गरेको प्रतिक्रिया व्यक्त गरेका छन् । लामो समय देखी बुद्ध दर्शनको खोज अनुसन्धान र अभ्यास गर्दै आएका उपाध्यक्ष डा. लामा सोमबार स्थायी कार्यकारी समिति हुँदै President पदमा निर्वाचित भएका हुन् ।
पुर्व मन्त्री र सविधानसभा सदस्य समेत भैसकेका उपाध्यक्ष डा. लामा बौद्धधर्मको विकास र सम्बर्द्धनमा अतुलनीय योगदान पुराएका व्यक्ति हुन् । बुद्ध दर्शनमा लेख एवं प्रवचन दिई नेपाल र लुम्बिनीको पहिचान विश्वभरका बौद्धमार्गीहरुमा पुर्‍याएका छन् ।
IBC को President जस्तो गरिमामय पदमा निर्वाचित भएको भन्दै विभिन्न संघ संस्थाले बधाई एवं शुभकामना ज्ञापन गरेको छ। शुभकामना एवं बधाई व्यक्त गर्दै उहाँको उपस्तिथिले लुम्बिनीको विकास संरक्षण सम्बर्द्धन एवं अन्तर्राष्ट्रिय करण हुने विश्वास एव खुसी व्यक्त गरिएको छ। साथै उहाँ निर्वाचित भए सगै कपिलवस्तुको तिलौराकोटलाई विश्वसम्पदा सुचीमा सूचीकरण हुन थप सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group