ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोखरामा प्रभाव बढाउन भारत र चीनको प्रतिष्पर्धा !


एबीसी न्यूज
१४ मंसिर २०८०, बिहिबार   १२ : ४९   बजे

काठमाडौं, १४ मंसिर । भारतीय र चिनियाँ दूतावासको कार्यक्रम जुधेको केही महिनालगत्तै पोखरामा फेरि चीन केन्द्रित अर्को खेल गतिविधि भएको छ । गएको असार ६ गते चीनबाट पहिलो पटक चार्टर्ड विमान आउने घोषणा पहिल्यै भइसकेको थियो ।

पहिलो अन्तर्राष्ट्रिय उडान आउने भनेपछि सम्बद्ध सबै तहका सरकारदेखि संस्थाहरु पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आउने पहिलो अन्तर्राष्ट्रिय विमानलाई स्वागत गर्न आतूर थिए ।

चिनियाँ ऋण लगानीको यो विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान पनि उसकै थियो, २०८० को असार ६ मा । यसमा चिनियाँ एक्जिम बैंकको १ अर्ब ३७ करोड ८७ लाख ४० हजार यूयान ऋण परेको छ । उक्त ऋण २० वर्षभित्र तिर्नुपर्नेछ ।

यो दिन विश्व योग दिवस मनाइन्छ । संयोग नै भनौँ, जुन २१ तारिखमा पहिलो अन्तर्राष्ट्रिय विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुपूर्व नै भारतीय दूतावासले पनि पोखरामा अर्को कार्यक्रम राख्यो ।

त्यो थियो, अन्तर्राष्ट्रिय योग दिवस । यसअगाडि संघीय राजधानी काठमाडौंमा मनाइने योग दिवसलाई भारतीय दूतावासले पनि पोखरामा सा¥यो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्र सङ्घको ६९औँ महासभामा योग सबैका लागि, सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरे । सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेका थिए ।

सङ्घले घोषणा गरेका दिवसमध्ये ९० दिनमा १७७ देशले यो दिवसप्रति समर्थन जनाए ।

सन् २०१६ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइएको थियो । त्यसअघि, नेपालमा माघ १ मा योग दिवस मनाउने गरिन्थ्यो । उक्त महासभापश्चात् नेपालमा पनि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रुपमा मनाउने गरिएको छ ।

यही दिन चिनियाँ दूतावासको कार्यक्रम र भारतीय दूतावासको कार्यक्रम एकैदिन मात्र साढे दुई घण्टाको फरकमा आयोजना गरे ।

भू–राजनीतिमा चासो राख्नेहरुले त्यतिबेलै भनेका थिए, “दुवै देशले पोखरामा आफ्नो प्रभाव जमाउन चाहन्छन् ।”

अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको लगानी छ भने पोखरामा नै ६ दशकदेखि भारतीय पेन्सन क्याम्प छ । चीनले त्यतिबेला पोखरामा आयोजित ‘चिनियाँ ड्रागन बोट रेस फेस्टिभल’ मा सहभागी खेलाडीहरुलाई लिएर आएको थियो ।

त्यसपछि कात्तिक २२ गते एकै दिन दुई चिनियाँ कार्गो विमान पोखरामा अवतरण भए । जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट भएको क्षतिपछि चीनले नेपाललाई दिएको राहत लिएर चिनियाँ सेनाका २ कार्गो विमान विमानस्थलमा अवरतण भएको थियो ।

त्यसपछि पोखरामा अन्तर्राष्ट्रिय विमान पोखरामा अवतरण गरेका छैनन् । तर, यही हप्तामात्रै पोखरामा अर्को अन्तर्राष्ट्रिय विमान अवतरण भएको छ । हिमालय एयरलाइन्सको जहाजले चिनियाँ धावकसहितको टोली लिएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

पोखरामा भएको क्रसकन्ट्री दौड प्रतियोगिताका खेलाडी लिएर उक्त विमान आएको थियो । हालसम्मका पोखरामा अवतरण भएका चार अन्तर्राष्ट्रिय उडानमध्ये चीनकै तीनवटा उडान छन् । ती सबै उडान कुनै न कुनै गतिविधिसँग सम्बन्धित छन् ।

ड्रागन बोट रेस फेस्टिभल जस्तै चीनकै कुन्मिङ नगर आयोजक रहेको अर्को खेल ‘वार हर्स नेपाल पोखरा माउन्टेन क्रसकन्ट्री कम्पिटिसन, २०२३’ पोखरामा नै भएको छ ।

उक्त प्रतियोगिता सकिए पनि यहाँको वृत्तमा भने चिनियाँ गतिविधिले स्पेश पाइरहेको विश्लेषण हुन थालेका छन् । गत शनिबार पोखरामा ‘पोखरा इन्टरनेशनल माउन्टेन क्रस–कन्ट्री कम्पिटिसन’ सम्पन्न भयो ।

चिनियाँ राजदूत छन सङ पनि प्रतियोगिताको समापन समारोहमा उपस्थित भएर खेलाडीलाई पुरस्कार वितरण गरे । यसअघि ‘ड्रागन बोट रेस फेस्टिभल’मा पनि उनको उपस्थिति थियो । पछिल्लो समय चिनियाँ गतिविधिहरुमा सहजै रुपमा पोखरा राजदूत आउने गरेका छन् ।

पोखरालाई अन्तर्राष्ट्रिय खेलकुदका रुपमा प्रचार गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको र यसले दुई देशबीचको सम्बन्ध अझै सुदृढ हुने कार्यक्रमका संयोजक विश्वशंकर पालिखेले पत्रकार सम्मेलनमा बताएका थिए ।

तर, कूटनीतिज्ञहरु भने खेलकुद गतिविधिमार्फत् चीनले पोखरालाई केन्द्र बनाएर प्रभाव बढाउन खोजेको बताउँछन् । चीनले हालैमात्र गण्डकी प्रदेशसँग जोडिएको कोराला नाका खुला गरेको छ ।

कोराला नाका खुल्नासाथ गण्डकी प्रदेश त्रिदेशीय व्यापारको केन्द्र बन्ने सम्भावना रहेको नेपाल उद्योग वाणिज्य संघका पूर्वाध्यक्ष आनन्दराज मुल्मी बताउँछन् । त्यसकारण चीनले पोखरालाई चासोमा राखेकोे विश्लेषकहरुको भनाई छ । मुल्मीले केही समयअघि पोखरा, चीन र भारतको भू–राजनीतिक चपेटामा पर्ने बताएका थिए ।

पोखरामा पेन्सन क्याम्प रहेको भारतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन नहुनुको कारण भारतले युद्धलाई पनि हेर्छ भन्ने उनको तर्क छ । पोखरामा भारतीय चहलपहल सक्रिय रुपमा देखिनु र चीनकै लगानीमा पोखरामा नै विमानस्थल बन्नुमा नेपाल भूराजनीतिक स्वार्थको चपेटामा परेको विश्लेषण उनको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको विधिवत् उदघाटन भएको ६ महिना भइसक्यो । करिब २८ अर्ब रुपैयाँ चिनियाँ ऋणमा निर्मित विमानस्थलबाट हालसम्म अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन ।

विमानस्थल संचालन हुनासाथ भारतको वाराणसी र दिल्लीलगायतका सहरमा उडान भर्ने तयारी गरेका विमान कम्पनीहरु भारतले अनुमति नदिँदा यत्तिकै रोकिएका छन् । पोखराबाट सीधा हवाइ उडान अनुमतिका लागि उड्ने बाटो चाहिन्छ । नेपालले अनुमति पाएको रुट सिमरामात्रै हो ।

अर्कातर्फ पोखरामा भारतीय पेन्सन क्याम्प स्थापना भएको पनि झण्डै ६३ वर्ष भइसकेको छ । पोखरा १० मा रहेको उक्त क्याम्पमा सेनाका मेजरसहित करिब ७० जनाको डफ्फा रहन्छ । त्यसअतिरिक्त उसले गण्डकीका विभिन्न जिल्लामा पेन्सन वितरण गर्न भनी शिविर सञ्चालन गर्छ ।

पोखरामा चीनको अर्बौँ लगानी हुनु, चीनको कार्यक्रमकै दिन भारतीय दूतावासले कार्यक्रम जुधाउनुलाई विश्लेषकहरु भारतीय र चिनियाँ प्रभाव बढाउने प्रतिस्पर्धाका रुपमा पोखरा ‘एक्सपोज’ भएको बताउँछन् ।

राजनीतिक विश्लेषक विश्व सिग्देल चाहिँ चिनियाँको ठूलो ऋण लगानी भएको यो विमानस्थललाई चीनले नै व्यावसायिक तरिकाले उडान हुन नदिनेतर्फ उन्मुख भएको बताउँछन् ।

“दुईवटा कारणले चीनले यो विमानस्थल नचलोस् भन्ने चाहेको छ । तपाईंलाई नौलो लाग्ला । चीनले चलाइदिने भयो, चार्टर्ड जहाज आउने भएर यहाँ हल्ला भइरहेका छन्” सिग्देल भन्छन्, “तर, चीनको नियत के छ भन्दा यो एयरपोर्ट नचलोस्, यसले ऋण तिर्न नसकोस् । त्यसपछि कुनै न कुनै प्रकारले ऋणीमाथि दबाब र एक किसिमले ‘ब्ल्याकमेलिङ’ गर्न पाइयोस् भन्ने चिनियाँ रणनीति दुईटा घटनाले पुष्टि हुन्छ ।”

उनका अनुसार विमानस्थल उद्घाटनका दिन चिनियाँ राजदूतले यो विमानस्थललाई ‘बीआरआई प्रोजेक्ट’ हो भनी भनेका थिए ।

तर, विमानस्थल निर्माणको सम्झौता भइसकेको वर्षौँपछि मात्रै बीआरआईमा सम्झौता भएको हो । अब, ‘बीआरआई प्रोजेक्ट’ भन्ने बित्तिकै भारतले नाका दिँदैन । चिनियाँ जहाज यो विमानस्थलमा अवतरण गराइरहेका छन्, त्यसले पनि भारत सशंकित हुने भयो ।

“पोखराको हकमा हामीले जे कुराको शंका गरेका थियौँ, त्यो पुष्टि भएको छ” उनले भने ।

उनका अनुसार, केही दिनअघि मात्रै राहत बोकेर आएको चिनियाँ कार्गो विमान काठमाडौंमा अवतरण हुनुपर्ने थियो । किनभने जाजरकोटका भूकम्प पीडितका लागि सरकारले एकद्वार प्रणालीबाट राहत वितरण गर्ने भनेको थियो । त्यसका लागि चीनबाट आउने सामान काठमाडौंमा झनुपर्ने र त्यहाँबाट प्रभावित क्षेत्र पुग्नुपर्ने हुन्थ्यो ।

तर, चीनले भने पोखरा विमानस्थलमा नै राहत सामग्री झारेर जाजरकोट पठाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group