ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गलत प्रवृत्तिका केही व्यक्ति पार्टीमा आएका छन् रविको स्वीकारोक्ति


एबीसी न्यूज
१४ मंसिर २०८०, बिहिबार   १ : १७   बजे

काठमाडौं, १४ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अन्य दलबाट प्रवेश गरेका केही व्यक्तिले पार्टीमा समस्या ल्याउन सक्ने खतरा औंल्याएका छन् ।

महोत्तरीको जलेश्वरमा तीन दिनसम्म चलेको पार्टीको केन्द्रीय बैठकमा बुधबार राजनीतिक प्रतिवेदन पेश गरेका उनले रास्वपमा अन्य दलबाट प्रवेश गर्ने अधिकांश असल, निष्ठावान र इमान्दार भएपनि केही व्यक्ति भने गलत प्रवृत्तिका रहेको स्वीकार गरेका हुन् ।

गलत प्रवृत्ति बोकेर आएकाहरुले पार्टी पङ्तिलाई दबाब र प्रभावमा पार्न सक्ने उनको आशंका छ । ‘केही पूर्व पार्टीकै गलत प्रवृत्ति बोकेर आएको देखिन्छ । फरक राजनीतिक संस्कार र संस्कृतिको पक्षपाती हामीलाई तीमध्ये खराबहरूले क्रमशः दबाब र प्रभावमा पनि पार्न सक्ने देखिन्छ’, रविले प्रतिवेदनमा भनेका छन् ।

अरु दलमा उचित स्थान नपाएर, स्वार्थ पूरा हुने नदेखेर रास्वपामा अवसरका लागि प्रवेश गर्नेप्रति सचेत हुन उनले पार्टीपङ्तिलाई आग्रह पनि गरेका छन् ।

‘नयाँ दलमा तत्काल सम्भावनाको अवसर पाइन्छ भन्ने लोभले आएकाहरूले हामीलाई बदनाम गराउने सम्भावना पनि बढी नै हुन्छ । यसतर्फ पनि हामी बेलैमा सचेत हुनुपर्छ’, प्रतिवेदनमा भनिएको छ ।

पार्टीको संगठनप्रति आकर्षण रहेकाले सचेत बन्नुपर्ने रविको जोड छ । सदस्य, शुभेच्छुक बढिरहेका बेला सचेत, सजग र कठोर हुनुपर्ने उनले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

‘हामी बेलैमा सचेत र सजग भएनौं भने पुराना राजनीतिक दलको गलत प्रवृत्ति रास्वपामा छिट्टै सर्छ । पुरानो प्रवृत्ति लिएर हामी सफल हुन सक्दैनौं’, सभापति लामिछानेले प्रतिवेदनमा भनेका छन् ।

विसंगति भित्रन नदिन पार्टीका सबै तहमा विधि तय गरिएको लामिछानेले प्रतिवेदनमा लेखेका छन् । ‘हामीले बुझ्नुपर्छ, छान्ने भनेको माथि ल्याउन सेलेक्सन गर्ने मात्र होइन, मिल्काउन फिल्टर गर्ने पनि हो । पार्टीलाई सुदृढीकरण गर्न हामीले लिने र फाल्ने दुवै प्रक्रिया स्वार्थरहित ढंगले अबलम्बन गर्नुपर्छ’, प्रतिवेदनमा भनिएको छ ।

पार्टीका विभिन्न संरचनाको नेतृत्वमा असल मान्छे ल्याउन धेरै काम गर्नुपर्ने देखिएको पनि लामिछानेले बताएका छन् ।

पार्टीमा राम्रा मान्छेलाई आउन नदिने कोसिस दलभित्रैबाट भएको आशंका पनि उनको छ । उनले त्यसका लागि प्राइमरी विधिको दुरुपयोग समेत हुनसक्ने जोखिम औंल्याएका छन् । असल व्यक्तिहरु पार्टीमा भित्र्याउन रास्वपा थप खुला हुनुपर्ने लामिछानेको प्रतिवेदनमा उल्लेख छ । ‘राम्रो टिम बनाउने बहानामा फउल खेल्ने खेलाडीलाई भित्र्याउन सकिन्न’ उनले भनेका छन् ।

पुराना दलको प्रवृत्तिलाई आफ्नो पार्टीमा निषेध गर्नुपर्ने र ती पार्टीभित्र निषेध गरिएका असल व्यक्तिलाई पार्टीमा ल्याउनुपर्ने लामिछानेको भनाइ छ ।

इमान्दार व्यक्ति पार्टीमा भित्र्याउन लिडरसीप एकेडेमी र उम्मेदवार क्लबको अवधारणा उनले अघि सारेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

संसद्‍मा विपक्षी सांसदले भनिन्– धिक्कार छ सीमा जोगाउन नसक्ने सरकार र सेनालाई

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu