काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाका सब(इन्जिनियर टीकाराज राईलाई ८० हजार रुपैयाँ घुस लिएको आरोपमा रङ्गेहात पक्राउ गरेको छ ।
अख्तियारको टोलीले बिहीबार साँझ राईलाई नियन्त्रणमा लिएको हो । उनले घर निर्माण सम्पन्न भएपश्चातको प्रमाणपत्र दिएबापत सेवाग्राहीसँग घुस लिएको अख्तियारको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्