ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गैंडाको खाग तस्करी गरेको आरोपमा ८ जना पक्राउ


एबीसी न्यूज
१४ मंसिर २०८०, बिहिबार   ८ : २७   बजे

काठमाडौं, १४ मंसिर । तिहारको समयमा चितवन राष्ट्रिय निकुञ्जभित्र दुई वटा गैंडा मारेको खाग तस्करी गरेको आरोपमा ८ जना पक्राउ परेका छन् ।

३० कात्तिकमा निकुञ्जको पूर्वी सेक्टर सौराहा अन्तर्गत चपरचुली सुरक्षा पोष्ट नजिकै खाडलमा परेको मरेको गैंडा भेटिएको थियो । एक किलोमिटर वरपर तस्करहरुले ७ वटा खाडल बनाएका थिए, जसमध्ये २ वटा खाडलमा १८ र ६ बर्षका पोथी गैंडा परेका थिए । दुबै गैंडाको खाग काटेर लगिएको थियो ।

गैंडा मारेको आरोपमा ८ जना पक्राउ परेका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बिहीबार गरेको पत्रकार सम्मेलनमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता एसपी नवराज अधिकारीले गैंडा मार्नेदेखि तस्करी गर्न भूमिका खेल्ने ८ जनालाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३, लेर्बटका ३३ बर्षीय रमेश खाती, राक्सिराङ गाउँपालिका–९ का ४४ बर्षका शम्शेर थिङ र मनहरि गाउँपलिका–६ नयाँवस्तीका ५६ बर्षीय थिङ बाजे भन्ने सीताराम थिङ छन् ।

उनीहरु घटनामा मुख्य नाइके भएको प्रहरीको दाबी छ । तीनै जनालाई प्रहरीले राप्ती नगरपालिका–६ बाट पक्राउ गरेको थियो ।

चितवनको राप्ती नगरपालिका–११ ठाकलटार बस्ने ४२ बर्षका पासाङ भनिने आइतेसिंह मोक्तान, थाकलटारका ४० बर्षीय उनबहादुर स्याङ्तान, मकवानपुरको मनहरि गाउँपालिका–७ ज्यामिरेका स्याङ्बो भनिने इन्द्रबहादुर तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ । आइतेसिंह, उनबहादुर र इन्द्रबहादुर गैंडा मार्ने सिकारी भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

यस्तै रोल्पा सुनछहारी गाउँपालिका–६ फगाम घर भई हाल मकवानपुर हेटौंडा–५ बस्ने २८ बर्षका अर्जुन रोका र गोरखा वारपाक घर भई भरतपुर महानगरपालिका–११ लामाटोल बस्ने ७७ बर्षका धनबहादुर गुरूङ पनि पक्राउ परेका छन् । दुबैले खाग बिक्री वितरण गर्न भूमिका खेलेका थिए ।

६ जनालाई मंसिर ९ गते पक्राउ गरिएको थियो भने उनबहादुर र इन्द्रबहादुर ११ गते पक्राउ परेको प्रहरीले जनाएको छ । गैंडा मारेको घटना थाहा भएको ११ दिनभित्रै उनीहरूलाई पक्राउ गर्नसक्नु सुखद पक्ष भएको निकुञ्ज विभागका महानिर्देशक डा. सिन्धुप्रसाद ढुंगाना बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेनसँग सम्बन्ध चिसिएको विषयमा रविको स्पष्टीकरण : ‘व्यक्तिगत दुश्मनी होइन, विचारको मतभेद हो’

किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालत पाटनको अन्तरिम आदेश

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu