ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यूएई जाने नेपालीको ओइरो – भिजिट भिसामा वर्ष दिनमै पुगे साढे दुई लाख


एबीसी न्यूज
१५ मंसिर २०८०, शुक्रबार   १२ : ५८   बजे

काठमाडौं, १५ मंसिर । ठूलो संख्यामा नेपाली ‘भिजिट भिसा’मा खाडी राष्ट्र युनाइटेड अरब इमिरेट्स यूएई जाने गरेको पाइएको छ । सरकारले भिजिट भिसामा खाडी राष्ट्र र मलेसिया जान कडाई गरे तापनि एक वर्षमा साढे दुई लाखभन्दा बढी नेपाली त्यहाँ पुगेका छन् ।

“सन् २०२२ मा भिजिट भिसामा दुई लाख ५५ हजार नेपाली यूएई आएको विवरण हामीलाई प्राप्त भएको छ,” यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले  भने ।

श्रम स्वीकृति लिएर वर्किङ भिसामा वैदेशिक रोजगारीमा यूएई जानेभन्दा भिजिट भिसामा यूएई जानेको संख्या दुई गुणाभन्दा बढी छ ।

वैदेशिक रोजगार विभागका अनुसार, गत आर्थिक वर्ष २०७९–८० ९जुलाई १७, २०२२ देखि जलाई १६, २०२३० मा वैदेशिक रोजगारीका लागि यूएई जान १ लाख १६ हजार १५९ जनाले श्रम स्वीकृति लिएका थिए ।

श्रम स्वीकृति लिनेमा ९२ हजार ६८ जना पुरुष र २४ हजार ९१ जना महिला छन् । अघिल्लो आर्थिक वर्ष २०७८–७९ ९जुलाई १६, २०२१ देखि जुलाई १६, २०२२ ० मा १ लाख २२ हजार ६३५ जना नेपालीले यूएई जान विभागबाट अन्तिम श्रम स्वीकृति लिएका थिए ।

श्रम स्वीकृति लिनेमा १ लाख १ हजार ४९६ पुरुष र २१ हजार १३९ महिला थिए । “सन् २०२३ मा के कति जना नेपालबाट भिजिट भिसामा यूएई आएका छन् विवरण प्राप्त भइसकेको छैन । अघिल्लो वर्षभन्दा बढी आउने संकेत विभिन्न सूचकले देखाएको छ,” राजदूत क्षेत्रीले भने ।

मानव तस्करहरुले आकर्षक रोजगारीको प्रलोभन देखाई नेपालीलाई भिजिट भिसामा खाडी राष्ट्र र मलेसिया लगेर अलपत्र पार्ने क्रम बढेपछि सरकारले २०७८ माघ महिनामा यसमा कडाई गरेको थियो ।

गृह मन्त्रालयले २०७८ माघ ७ गते विज्ञप्ति जारी गर्दै भनेको थियो, “कोभिड–१९ को ओमिक्रोन भेरिएन्टको संक्रमण स्वदेश तथा विदेशमा तीब्र रुपमा फैलिँदै गइरहेको हुँदा विभिन्न उद्देश्यले खाडी राष्ट्रहरु र मलेसियामा गई बिचल्लीमा पर्ने गरेका गुनासा, समाचार र सूचनाहरु प्राप्त भएकाले २०७८ माघ १० देखि लागू हुने गरी अर्को आदेश जारी नभएसम्म त्यस्ता राष्ट्रहरुको भिजिट भिसामा भ्रमणमा जान रोक लगाइएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।”

गृहले खाडी राष्ट्र र मलेसिया भिजिट भिसामा जान पूर्ण रुपमा रोक लगाएपछि व्यापक आलोचना र विरोध भएको थियो । त्यसपछि गृहले माघ ७ गतेको विज्ञप्तिमा केही संशोधन गरी २०७८ माघ ९ गते अर्को विज्ञप्ति जारी गरेको थियो ।

संशोधन गरिएको विज्ञप्तिमा भिजिट भिसामा खाडी राष्ट्र र मलेसिया जान केही सर्तहरु राखिएको थियो, जसलाई पूरा गरे मात्र ती राष्ट्र जान पाउने व्यवस्था गरिएको थियो ।

सरकारी कामको सिलसिलामा विदेश भ्रमण गर्ने सरकारी निकायका प्रतिनिधिहरु, अन्तर्राष्ट्रिय कारोबार गर्ने बैंक तथा वित्तीय संघ संस्थाका प्रतिनिधि एवं अन्तर्राष्ट्रिय गैरसरकारी संघ संस्थाका प्रतिनिधि भई भ्रमण गर्न जाने प्रतिनिधिहरु ९संस्थागत कार्यका लागि मात्र० र नेपालमा सामान आयात–निर्यात गर्ने व्यवसायिक संस्थाका प्रतिनिधिहरु आयात निर्यातसम्बन्धी कार्यका लागि मात्र० र व्यवसायिक कम्पनी–फर्मका सञ्चालक वा व्यवसायीहरुलाई भिजिट भिसामा खाडी राष्ट्र र मलेसिया जान पाउने व्यवस्था गरिएको थियो ।

यस्तै, खाडी राष्ट्रहरुबाहेक कम्तीमा दुई वटा अन्य मुलुक पर्यटकका रुपमा भ्रमण गरिसकेका यात्रु, वार्षिक न्यूनतम ६ लाख रुपैयाँ करयोग्य आय भएका र कम्तीमा सो को आधा रकम बैंक खातामा बचत भएका र नेपालको कर प्रणालीमा आवद्धता भएका व्यक्तिलाई भिजिट भिसामा यात्रा गर्न पाउने विज्ञप्तिमा उल्लेख गरिएको थियो ।

औद्योगिक तथा व्यवसायिक गतिविधिमा अन्तर्राष्ट्रिय सञ्जालमा आवद्ध विशिष्ट संस्थाको विशिष्ट कार्य गर्न जानुपर्ने संस्थासँग सम्बन्धित आधिकारिक प्रतिनिधि, वैदेशिक रोजगार व्यवसायको बजार प्रवर्धनका लागि जाने म्यानपावर व्यवसायीहरुलाई भिजिट भिसामा खाडी राष्ट्र र मलेसिया जान छुट दिइएको थियो ।

बिरामी कुरुवा वा बिरामीको रेखदेखको रुपमा जाने ९३ पुस्ताभित्रका० पारिवारिक सदस्यहरुलाई पनि नेपाली दूतावासको सिफारिसपत्रका आधारमा खाडी राष्ट्र र मलेसिया जान पाउने व्यवस्था गरिएको थियो ।

गृहले यो व्यवस्था २०७८ माघ १० ९२४ जनवरी, २०२२० बाट लागू हुने जनाएको थियो । खाडी राष्ट्र र मलेसियामा भिजिट भिसामा जान गरिएको कडाई अझ पनि लागू छ, तर जानेको संख्या भने श्रम स्वीकृति लिएर जानेको भन्दा ठूलो देखिन्छ ।

“मानव तस्करका प्रलोभनमा परी भिजिट भिसामा यूएई आउने धेरै नेपालहरु यहाँ अलपत्र परेका छन् । यहाँको ऐन नियम नजान्दा कति त जेल समेत पर्नु भएको छ । त्यसैले काम गर्न यहाँ आउनेहरुलाई भिजिट भिसामा नआउन दूतावास अनुरोध गर्दछ,” राजदूत क्षेत्रीले भने ।

राजदूत क्षेत्रीका अनुसार यूएईमा तीन लाखभन्दा बढी नेपाली श्रम स्वीकृति लिएर आई काम गरिरहेका छन् । भिजिट भिसामा आउने समेत गर्दा यूएईमा पाँच लाखभन्दा बढी नेपाली रहेको उनले जनाए ।

“पछिल्लो समय घुम्न, व्यापार गर्न यूएई आउने नेपालीको संख्या पनि बढेको छ । जसले गर्दा भिजिट भिसामा आउनेको संख्या बढ्दै गएको छ,” उनले भने । नेपालीहरुले यूएईका विभिन्न स्थानमा होटल तथा रेष्टुरेन्टमा लगानी गरेको उनले जनाए ।

“नेपालबाट यूएईमा कति धेरै मानिस आउँदै छन् भन्ने दैनिक जहाजको उडान संख्याले पनि देखाउँछ । प्रत्येक दिन युएई र नेपालबीच विभिन्न एयरलाइन्सले ८ वटा उडान गर्ने गरेका छन्,” राजदूत क्षेत्रीले जानकारी दिए ।

पछिल्ला वर्षहरुमा यूएईका विभिन्न विश्वविद्यालयमा अध्ययन गर्न नेपालबाट विद्यार्थीहरु पनि आउने थालेको जानकारी उनले दिए । दूतावासको रेकर्डअनुसार, पछिल्ला दिन यूएईका विभिन्न विश्वविद्यालयमा १५० जना नेपाली विद्यार्थी अध्ययनरत छन् ।

“पछिल्ला दिन यूएई आउने नेपालीको संख्या ठूलो देखिनु पछाडि केही कारण छन् । पहिलो यो नजिक दूरीमा रहेको घुम्न आकर्षकस्थल हो, जुन सस्तो पनि छ । दोस्रो, यूएईमा व्यापार, व्यावसाय गर्ने नेपालीको संख्या बढ्दो छ र यहाँ लगानी बढिरहेको छ,” राजदूत क्षेत्रीले भने ।

घुम्नकै लागि भिजिट भिसामा यूएई जाने नेपालीलाई कुनै समस्या छैन । तर रोजगारी गर्ने उद्देश्यले भिजिट भिसामा यूएई पुग्नेहरुले भने निकै दुःख पाउने गरेको उनले सुनाए । भिजिट भिसामा काम गर्दा उनीहरु अवैध हुने, नेपाल फर्काउन पनि कठिन हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

संसद्‍मा विपक्षी सांसदले भनिन्– धिक्कार छ सीमा जोगाउन नसक्ने सरकार र सेनालाई

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu