ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कुलमान घिसिङ – नेपालमा काम गर्न नदिने प्रवृत्ति र व्यक्ति बढे


एबीसी न्यूज
१५ मंसिर २०८०, शुक्रबार   १ : ०६   बजे

काठमाडौं, १५ मंसिर ।  नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा काम गर्न नदिने प्रवृत्ति र व्यक्ति बढेको बताएका छन् । बिहीबार ललितपुर महानगरपालिका क्षेत्रभित्र दोस्रो चरणमा जडान गरिएको स्मार्ट सडक बत्ती उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

सबैले नकारात्मक कुरा गर्दा सकारात्मक र काम गर्ने व्यक्ति कम हुँदै गएको उनले उल्लेख गरे । उनले देशमा यस्तो स्थिति बन्नु दुर्भाग्यपूर्ण भएको बताए ।

एउटा रुख काट्न नसकेर एक वर्षसम्म राष्ट्रिय महत्त्वको एक हजार ६१ मेगावाटको अप्पर अरुण योजना अलपत्र परिरहेको उनले सुनाए । एक वर्षसम्म अनुमति नदिएर काम गर्न नदिने प्रवृत्तिबाट देश बन्न नसक्ने उनले बताए ।

“नेपालमा काम गर्न नदिने प्रवृत्ति र व्यक्ति बढ्यो । सबैले नेगेटिभ मात्रै कुरा गर्ने हो भने काम कसले गर्ने रु पोजिटिभ कुरा त कतै पनि नआउने भयो । यो स्थिति आउनु दुर्भाग्यपूर्ण हो । मैले पीडा बोलेको हो । जता पनि समस्या छ,” उनले भने, “तराईमा गयो – ट्रान्समिसन लाइनको समस्या, यहीँ नजिकै ट्रान्समिसन लाइनको समस्या । लप्सीफेदीमा मेरोविरुद्धमा नारा लगाइरहेको छ, कसरी काम गर्ने रु वनले काम नै गर्न दिँदैन ।

एउटा रुख काट्न नसकेर मैले, एक वर्षसम्म एउटा रुख काट्न नदिएर राष्ट्रिय महत्त्वको ठूलो योजना अप्पर अरुण एक हजार ६१ मेगावाटको बाटोको काम एक वर्षसम्म रोकेर बसेको छ । यस्तो स्थितिले देश बन्छ ?  बन्दैन ।”

निर्देशक घिसिङले काठमाडौं उपत्यकामा तार भूमिगत गर्ने विषयमा सडक विभागले अनुमति नदिँदा सबै काम ठप्प भएको जानकारी दिए ।

उनले ‘अन्डरग्राउन्ड’ गर्ने ठूलो योजना सडक विभागले सात महिना भइसक्दा समेत अनुमति नदिएपछि काम गर्न नसकेको गुनासो गरे । नेपालमा धेरै ठाउँमा समन्वयको अभाव रहेको उनको भनाइ छ ।

सडक विभागले तार भूमिगत गर्न नदिँदा ठूला ‘कन्ट्याक्टर’ काम छोडेर भाग्ने अवस्थामा पुगेको उनले उल्लेख गरे । ‘मेरो क्षेत्राधिकारभित्र दिन्नँ’ भन्ने मानसिकताबाट देश विकास हुन कठिन रहेको उनले बताए ।

उनले समन्वयको कमीका कारण ठूला योजना बेवारिसेका रूपमा परिणत हुनु दुर्भाग्यपूर्ण रहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

संसद्‍मा विपक्षी सांसदले भनिन्– धिक्कार छ सीमा जोगाउन नसक्ने सरकार र सेनालाई

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu