ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केपी ओली- सरकार हल्लिरहेको छ, आफैँ ढल्नसक्छ


एबीसी न्यूज
१५ मंसिर २०८०, शुक्रबार   १ : १६   बजे

काठमाडौं, १५ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार ढल्न समय नलाग्ने दाबी गरेका छन् । संकल्प यात्राका क्रममा डडेलधुराको अमरगढीमा शुक्रबार आयोजित सभामा ओलीले सरकार हल्लिरहेको बताए ।

“हामीले अहिले मिसन ०८४ भनेका छौँ । यदि बीचमा यो सरकार।।।म किन भनिरहेको छु भने यो सरकार कसैले ढाल्नुपर्दैन । सरकार हल्लिरहेको छ । चर्‍याक मर्‍याक, चर्‍याक मर्‍याक भइरहेको छ । तर, हामी पश्चिमबाट पूर्वसम्मको तीन हप्ताको अभियानमा लागेका छौँ,” ओलीले भने ।

उनले सरकार कुनै समय आफैँ ढल्न सक्ने बताए ।

“यो सरकार आफैँ ढल्न सक्छ कुनै समय । यो कुनै खुट्टा भएको सरकार नै होइन । गठबन्धनको छेस्काहरूले अड्याएको हो,” ओलीले जिकिर गरे ।

सरकारसँग कुनै सिद्धान्त, कार्यक्रम नरहेको ओलीको भनाइ छ । कांग्रेस प्रचण्डपथको भरिया बनेको आरोप ओलीले लगाए ।

“यसको कुनै सिद्धान्त, नीति, योजना छैन । कुनै कार्यक्रम छैन । मोटामोटीमा भन्ने हो भने यो सरकार माओवादीको नीतिमा प्रचण्डपथमा हिँड्न खोजिरहेको छ । सकेको छैन । नेपाली कांग्रेस प्रचण्डपथको भरिया बनेर हिँडिराखेको छ,” उनले भने ।

कांग्रेसका मान्छेलाई मुद्दा लागेर थुनिएको भन्दै अदालतले दोषी हो कि होइन भन्ने फैसला गर्ने उनको भनाइ छ ।

“आफ्नै मान्छेलाई मुद्दा लागेको छ । थुन्दिएको छ । हो होइन अदालतले भन्ला,” उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

संसद्‍मा विपक्षी सांसदले भनिन्– धिक्कार छ सीमा जोगाउन नसक्ने सरकार र सेनालाई

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu