ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लगातार एन्टीबायोटिक औषधि खाँदा ज्यानै जाने जोखिम


एबीसी न्यूज
१५ मंसिर २०८०, शुक्रबार   १ : ४०   बजे

काठमाडौं, १५ मंसिर । सामान्य ज्वरो, रुघाखोकी लाग्नासाथ बिना प्रेसक्रिप्सन फार्मेसीमा गएर एन्टीबायोटिक औषधि किनेर खाइहाल्ने आम बानी नै छ । एन्टीबायोटिक हरेक रोगको समाधान नै हो भन्ने हामी ठान्छौं । तर हेक्का नराखी जथाभावी सेवन गर्दा यसले तत्काल केही नगरे पनि दीर्घकालमा सानै रोगका कारण पनि ज्यानै जाने जोखिम हुन्छ ।

त्यसैले एन्टीबायोटिक औषधि के हो रु के काम गर्छ रु कस्तो बेलामा खाने रु भन्नेबारे स्पष्ट हुन आवश्यक छ ।

कुनै पनि सूक्ष्म जीवविरुद्ध चलाइने औषधिहरु एन्टीबायोटिक औषधि हुन् । जस्तै, ब्याक्टेरियाविरुद्ध चलाइने औषधिलाई एन्टीब्याक्टेरियल, भाइरसविरुद्ध चलाउने औषधिलाई एन्टीभाइरल र ढुसीविरुद्ध चलाइने औषधिलाई एन्टीफंगल औषधि भनिन्छ । यी सबै औषधि एन्टीबायोटिक औषधि हुन्, जुन आवश्यकता अनुसार सन्तुलनमा मात्र लिनुपर्छ ।

कसरी काम गर्छ ?

यो शक्तशाली औषधि हो । जसको सही रुपमा प्रयोग गरी संक्रामक रोगको उपचार भई ज्यान समेत बचाउन सक्छ । यसले शरीरमा फैलिएको जीवाणुलाई रोक्ने तथा मार्ने काम गर्छ ।

हानिकारक ब्याक्टेरिया फैलिएर दुई गुणा भएर हानि गर्नुअघि शरीरको प्रतिरोध क्षमताले नै सामना गरिरहेको हुन्छ । सेतो रक्त कोषले ब्याक्टेरियालाई हमला गर्छ । यद्यपि, कहिलेकाहीं ब्याक्टेरिया यति फैलिसकेको हुन्छ कि प्रतिरोध शक्तिले सखाप पार्न हम्मेहम्मे पर्छ । यस्तोमा एन्टीबायोटिक औषधिले संक्रमणलाई रोक्न मद्दत गर्छ ।

एन्टीबायोटिक एक प्रकारको एन्टीमाइक्रोबियल एजेन्ट हो, जुन ब्याक्टेरियाबाट हुने संक्रमणको उपचार गर्न प्रयोग गरिन्छ । एन्टीबायोटिक्सले ब्याक्टेरियाको संरचना र कार्यलाई लक्षित गर्छ, तिनीहरूको वृद्धिलाई रोक्छ ।

एन्टीबायोटिक धेरै तरिकामा लिन सकिन्छ

जब कुनै व्यक्तिमा ब्याक्टेरियाको संक्रमण हुन्छ, डाक्टरहरूले समस्या कम गर्न ‘एन्टीबायोटिक’ प्रयोग गर्छन् । एन्टीबायोटिक सामान्यतया टयाब्लेटको रूपमा लिइन्छ । तर जब संक्रमण गम्भीर हुन्छ वा टयाब्लेट प्रभावकारी हुँदैन, तब सुईको माध्यमबाट औषधि दिनुपर्ने हुन्छ । जटिल गम्भीर संक्रमणहरूको लागि भने नसामा सीधै एन्टीबायोटिक दिइन्छ ।

‘ओभर द काउन्टर’ लिनु खतरनाक

सबै प्रकारका समस्यामा एन्टीबायोटिकको प्रयोग गरेमा आफ्नो स्वास्थ्य समस्या कम हुन्छ भन्ने धेरैलाई लाग्छ । जसकारण हल्का ज्वरो, रुघाखोकी आँउदा पनि सहजै डाक्टरको सल्लाहबिना एन्टीबायोटिक लिने परिपाटी छ । फार्मेसीहरुले पनि सहजै यस्ता औषधि दिन्छन्, जुन गलत हो । यसरी मनलाग्दी किनबेच गर्न सरकारले रोक लगाउनुपर्ने देखिन्छ । किनभने मनलाग्दी बिक्री वितरणले ज्यान जोखिममा पर्छ ।

यो औषधि लिनुअघि तौल, एलर्जीको समस्या, उमेर हेर्नुपर्छ । कहिलेकाहीं केही रोगमा यस्तो औषधिले राम्रो प्रतिक्रिया नदिन सक्छ । त्यसैले औषधि लिनुपूर्व अन्य रोग छ कि छैन जान्नु जरुरी छ । यी सबै पक्षलाई मूल्यांकन गरेर मात्र औषधि चलाउनुपर्ने हुन्छ । त्यति मात्र होइन, औषधि कति खाने रु कति मात्रामा खाने रु यी जानकारी नभएको स्थानबाट किनेर खाने अलि ठीक भएको जस्तो लाग्दा छोड्ने गर्ने बानी धेरैको हुन्छ । जसले गर्दा औषधिले फाइदाको सट्टा हानि गर्छ ।

लगातार सेवनले सूक्ष्म जीवहरुले प्रतिरोध शक्तिको विकास गर्छ । ब्याक्टेरियाले आफूलाई यस्तो परिवर्तन गर्छ कि कुनै पनि औषधिले उनीहरूमा असर गर्दैन । जब कुनै पनि प्रभाव हुँदैन, ब्याक्टेरिया सजिलै आफ्नो संख्या बढ्छ ।

फलस्वरुप सामान्यभन्दा सामान्य संक्रमणको लागि पनि उच्च डोज भएको औषधि चलाउन पर्ने अवस्था आउँछ ।

एन्टीबायोटिकको प्रयोग नै गर्नु नपर्ने समस्यामा प्रयोग गरिरहेका खण्डमा बिस्तारै एन्टीबायोटिक औषधिले नै काम नगर्ने हुन सक्छ । पहिला ठीक भइरहेको औषधिले काम गर्न छाड्ने अवस्था आउँछ । कहिलेकाहीं कुनै पनि औषधिले नछुने अवस्था पनि हुन सक्छ । अवस्था गम्भीर भयो भने बिरामीको ज्यान समेत जान सक्छ । जसकारण एन्टीबायोटिक प्रतिरोध आजको समयमा गम्भीरतापूर्वक लिनुपर्ने देखिएको छ ।

संक्रमण थप गम्भीर हुन सक्छ

गलत एन्टीबायोटिक लिएमा औषधिको एलर्जी हुन सक्छ, यस्तो अवस्थामा समस्या अझ विकराल हुन सक्छ । कहिलेकाहीं चिकित्सकको सिफारिसमा सेवन गरे पनि औषधिको पूर्ण मात्रा प्रयोग नगरीकन बीचमैमा छाड्दा ‘एन्टीमाइक्रोबियल रेसिस्टन्स’ हुन्छ । एन्टीबायोटिक अत्यधिक र पूर्ण मात्रा सेवन नगर्दा शरीरमा कीटाणु रहिरहन्छ । औषधि सेवन गर्दागर्दै निको भएको आभास भई बीचैमा छाड्दा र चिकित्सकहरूले नै सिफारिस गरेको औषधिले काम नगर्ने, निको हुन समय लाग्ने अवस्था ‘एन्टीमाइक्रोबियल रेसिस्टन्स’ हो ।

एन्टीबायोटिकले काम नगर्दा लामो समयसम्म निको नभएर अस्पताल धाउनुपर्ने बाध्यता र धेरै खर्च हुने भएकाले सचेत हुन जरुरी छ ।

कस्तो अवस्थामा प्रयोग गर्ने ?

एन्टीबायोटिक जीवाणु संक्रमण, घाँटीको संक्रमण, खोकी, पिसाब नलीको संक्रमण र ब्याक्टेरियाले हुने सेप्सिस, र चरम संक्रमण जस्ता गम्भीर समस्याहरूको उपचार गर्न मात्र आवश्यक हुन्छ ।

यी अवस्थामा जरुरी हुँदैन

एन्टीबायोटिकले चिसो, खोकी, ज्वरो जस्ता भाइरल संक्रमणलाई हटाउन सक्दैन । जस्तै, नाक बग्ने, घाँटी दुख्ने, ज्वरो आउने, छाती दुख्ने, भीड लाग्ने र ब्रोन्काइटिस जस्ता धेरै सामान्य समस्यामा एन्टीबायोटिकले काम गर्दैन ।

साथै, एन्टीबायोटिकले अन्य ब्याक्टेरियल संक्रमणहरु जस्तै, साइनस इन्फेक्सन र केही कानको इन्फेक्सनमा काम गर्दैन । तसर्थ, यस्तो समयमा एन्टीबायोटिकको अत्यधिक प्रयोगले स्वास्थ्यमा धेरै प्रकारका हानि पुर्‍याउन सक्छ ।

साइड इफेक्ट

कुनै पनि औषधि जस्तै, एन्टीबायोटिक पनि धेरै साइड इफेक्ट हुन सक्छ । एन्टीबायोटिक सही र उचित मात्रामा प्रयोग भएमा धेरैजसो एन्टीबायोटिकहरूले कुनै समस्या उत्पन्न गर्दैनन् । तर कतिपय अवस्थामा एन्टीबायोटिकको सामान्य साइड(इफेक्टले बढी बिरामी महसुस गर्ने, शरीरको कुनै भागमा सुन्निने, पाचनसम्बन्धी समस्या जस्तै अपच र पखाला, एलर्जी र केही दुर्लभ अवस्थामा एनाफिलेक्सिस जस्ता गम्भीर एलर्जी हुने सम्भावना हुन्छ । यदि यी लक्षण देखा पर्न थाले भने तुरुन्तै चिकित्सकको सल्लाह लिनुपर्छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपहिरोले विभिन्न जिल्लाका सडक अवरुद्ध, यात्रा गर्दा सतर्क रहन आग्रह

भोटेकोसी बाढीमा भोजपुरका चारजना सम्पर्कविहीन

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu