ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रियसभाको निर्वाचनलाई देखाएर महाधिवेशन सार्दै माधव नेपाल, झलनाथ भन्छन्- यो राम्रो होइन


एबीसी न्यूज
१७ मंसिर २०८०, आइतबार   ३ : ५१   बजे

काठमाडौं, १७ मंसिर । नेकपा एकीकृत समाजवादीले एमालेबाट अलग भएपछि पहिलो पटक माघमा गर्ने भनिएको महाधिवेशन सार्ने भएको छ । अध्यक्ष माधव नेपालले आगामी माघ १४ देखि १८ गतेसम्मका लागि तय भएको महाधिवेशन सार्नको लागि भोलि सचिवालय बैठक बोलाएका हुन् ।

अध्यक्ष नेपालले राष्ट्रियसभाको निर्वाचनलाई महाधिवेशन सार्ने तयारी गरेका छन् । भोलि बस्ने सचिवालयको बैठकले नयाँ मिति टुंगो लगाउने उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।

पार्टी केन्द्रीय कार्यालय आलोक नगरमा बस्ने सो बैठकमा अन्तरपार्टी निर्देशन ९अपानि० मा नेताहरूको जिम्मेवारी हेरफेर, कार्य विभाजन र विभिन्न कमिटीमा मनोनयनलगायत आन्तरिक विवाद समाधान गर्न छलफल गरिने उनले बताए ।

यस्तै, केन्द्रीय कार्यालयका जीवनराम श्रेष्ठ पनि अहिलेसम्म महाधिवेशनबारे कुनै निर्णय नभएको बताए । भोलिको बैठकले महाधिवेशनबारे निर्णय लिने उनको भनाइ छ ।

तर, अध्यक्ष नेपालले महाधिवेशन सार्ने तयारी थालेपछि सम्मानित नेता झलनाथ खनाल सन्तुष्ट छैनन् । उनी माघमा हुने महाधिवेशनमा पार्टी नेतृत्वको दाबी गर्ने तयारीमा छन् ।

पार्टीभित्र अन्यौलता र विवादको कारणले नेकपा एस छाड्ने नेताहरू उल्लेख्य भएकाले महाधिवेशन गरिहाल्नुपर्ने पक्षमा उनी छन् । पछिल्लो समय नेकपा एस छाडेर अधिकांश नेताहरू एमालेमै फर्किएका छन् भने केही माओवादीसहित नयाँ दल रोजेका छन् ।

महाधिवेशनमा नेताहरूको उचित व्यवस्थापन र जिम्मेवारी दिन सके पार्टीमा नेताहरू जोगाउन सक्ने नेतृत्व पङ्क्तिको बुझाइ छ । त्यसैले अहिलेको अवस्थामा महाधिवेशन रोक्न नहुने उनको मत छ। तर, भोलि बस्ने बैठकले महाधिवेशन सार्ने वा नसार्ने भन्ने निर्णय गर्ने उनले बताए ।

उनले नेपाल प्रेससँग भने( महाधिवेशन सार्नुपर्ने खास कारण केही छैन । सार्नुपर्ने थियो भने यस्ता विषय पहिले नै थाहा हुनुपर्थ्यो । एकचोटी निर्णय गर्ने अनि फेरि सार्ने भनेपछि त्यो राम्रो कुरा होइन। केही साथीहरू त्यो ठाउँमा पुगेका छन् भन्ने सुन्दै छु। भोलि निर्णय होला ।

उनले पार्टीभित्र बसेपछि महाधिवेशन केन्द्रित गरेर नेतृत्व दाबी गर्ने तयारी थाल्नु स्वभाविक भएको बताए। तर, संस्थापन पक्ष अहिले माधव नेपालको विकल्प नखोज्ने पक्षमा छ ।

पार्टीभित्र माधव नेपालको दस्ताबेजमा फरक मत राख्दै नेतृत्वको तयारीमा झलनाथ जुटेपछि महाधिवेशनलाई धकेल्न खोजिएको बताइन्छ ।

अध्यक्ष नेपालले अब अर्को मिति कहिले तोक्ने भन्ने अहिलेसम्म नटुंगाएको उनी निकट नेताहरू बताउँछन् ।

त्यसो त महाधिवेशनलाई लक्षित गर्दै भदौ पहिलो साता बसेको निर्णय अनुसार नेताहरूको कार्य विभाजनसहितको सर्कुलर अध्यक्ष नेपालले जारी गर्दा पनि पार्टीभित्र विवाद चर्किएको थियो ।

अध्यक्ष नेपालको निर्णयप्रति असन्तुष्टि जनाउँदै आएका खनाल पक्षको कडा आपत्तिपछि कार्यान्वयन रोक लगाइएको थियो । भोलिको बैठकमा त्यसबारे पनि छलफल हुने कार्यालय सचिव श्रेष्ठले बताए । तर, उनले त्यसबारे पार्टीभित्र सहमतिको आधारमा अघि बढ्ने समझदारी बनिसकेको जिकिर गर्छन् ।

भोलिको बैठकमा पार्टीको संरचना र सामर्थ्य विस्तारका लागि आवश्यक रणनीति, देशभर सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजना, समसामयिक परिस्थितिबारे छलफल गरिने जनाइएको छ ।

बैठकले प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरूको जिम्मेवारी हेरफेर गरी सक्षमता र योगदानका आधारमा नेताहरूको जिम्मेवारी हेरफेरको तयारी गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group