ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धरौटीमा छुटेका केसी, महर्जन र मियाँलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पठाइँदै


एबीसी न्यूज
१८ मंसिर २०८०, सोमबार   १ : १२   बजे

काठमाडौं, १८ मंसिर ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनको आदेशले धरौटीमा छुटेकाहरूलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पठाइने भएको छ ।

उच्च अदालत पाटनका न्यायाधीशद्धय प्रकाश खरेल र जनक पाण्डेको इजलासले पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी, हज समितिका अध्यक्ष शमशेर मियाँ, शरणार्थी नेता टेकनाथ रिजाल, टोपबहादुर रायमाझीका छोरा सन्दीप, हरिभक्त महर्जन, आशिष बुढाथोकी र रामशरण केसीलाई शुक्रबार थुनामुक्त गर्ने आदेश गरेको थियो ।

सो आदेशपछि केसी, महर्जन र मियाँले आइतबार धरौटी तिरेका छन् । केसीले १० लाख, महर्जनले १५ र मियाँले १० लाख धरौटी बुझाएका हुन् । बुढाथोकीलाई भने साधारण तारेखमा छोड्ने आदेश भएको थियो ।

सन्दीपले धरौटीको प्रक्रिया अघि बढाएका छन् । भुटानी नेता रिजालले भने आफूसँग १५ लाख रुपैयाँ धरौटी तिर्न रकम नभएको भन्दै कारागारमै बस्ने बताएका छन् ।

धरौटी बुझाएकाहरूलाई सुन्धारा कारागार प्रशासनले सोमबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पठाउन लागेको हो । कारागार प्रशासन प्रमुख ललित बस्नेतले आज सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग बुझाउने तयारी भएको बताए ।

“धरौटी बुझाएकाहरूको हकमा अब हामीले राख्न मिलेन अहिले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा बुझाउने तयारी गर्दैछौँ,” बस्नेतले भने ।

प्रहरीले भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूमाथि सम्पत्ति शुद्धीकरण तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान गर्नुपर्ने राय दिएको थियो ।

उनीहरूमाथि अब विभाग र अख्तियारले पुनः अनुसन्धान गर्नेछ । अनुसन्धान गर्दा थुनामै राखेर अनुसन्धान गर्नुपर्ने देखिए उनीहरू बाहिर निस्कन पाउने छैनन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

संसद्‍मा विपक्षी सांसदले भनिन्– धिक्कार छ सीमा जोगाउन नसक्ने सरकार र सेनालाई

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu