ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय गौरवका २१ आयोजना – प्रगति अवस्था दयनीय


एबीसी न्यूज
१८ मंसिर २०८०, सोमबार   १ : २३   बजे

काठमाडौं, १८ मंसिर । सरकारले उच्च प्राथमिकता दिएको निर्माणाधीन राष्ट्रिय गौरवका आयोजना कुनै पनि निर्धारित समयमा सकिएका छैनन् र अझ सकिने अवस्था पनि देखिँदैनन् ।

हाल निर्माणाधीन २१ वटा राष्ट्रिय गौरवका आयोजनाको भौतिक र वित्तीय प्रगतिको अवस्था निकै दयनीय रहेको सरकारी तथ्याङ्कले देखाउँछ । प्रतिनिधिसभाको दोस्रो अधिवेशनमा सांसद दिलेन्द्रप्रसाद बडुले निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाको पछिल्लो अवस्थाबारे जानकारी मागेका थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रतिनिधिसभालाई लिखित रुपमा जवाफ उपलब्ध गरेको थियो । प्रधानमन्त्री कार्यालयले उपलब्ध गरेको विवरणमा वर्षौं बित्दा पनि राष्ट्रिय गौरवका आयोजनाहरुको निर्माण सम्पन्न हुन नसकेको देखिन्छ ।

राष्ट्रिय गौरवका आयोजनाको म्याद पटक–पटक थप गरिएको छ भने काम सुस्त गतिमा भइरकेको तथ्याङ्कले देखाउँछ ।

बबई सिँचाई आयोजना

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उपलब्ध गरेको विवरण अनुसार, आर्थिक वर्ष २०४५र४६ बाट सुरु भएको बबई सिँचाई आयोजनाको काम हालसम्म पूरा हुन सकेको छैन । निर्माण कार्य सुरु भएको ३५ वर्ष बित्दा बबई सिँचाई आयोजनाको भौतिक प्रगति ७० प्रतिशत र वित्तीय प्रगति ६६।८७ प्रतिशत भएको छ । यो प्रगति विवरण २०८० असार मसान्तसम्मको हो ।

आयोजनाको म्याद पटक–पटक थप्दा पनि हालसम्म पूरा हुन सकेको छैन । बबई सिँचाई आयोजनाको सम्पन्न गर्ने म्याद पछिल्लो पटक आर्थिक वर्ष २०८९र९० सम्म थप गरिएको छ ।

मेलम्ची खानेपानी आयोजना

काठमाडौंवासीको खानेपानी समस्या समाधान गर्न मेलम्ची खानेपानी आयोजना आर्थिक वर्ष २०५५र५६ मा सुरु गरिएको थियो । आयोजनाको काम सुरु भएको २५ वर्ष बितिसक्यो, तर अझै पूरा भने भएको छैन । २०८० असार मसान्तसम्म आयोजनाको भौतिक प्रगति ९८।२१ प्रतिशत र वित्तीय प्रगति ९२।२० प्रतिशत भएको छ ।

मेलम्चीमा आएको बाढीले आयोजनाको मुहान भत्काएपछि अर्को स्थानमा मुहान बनाउने कार्य अघि बढाइएको छ । यसका लागि थप अर्बौ रुपैयाँ लाग्नेछ । तर, आयोजना कहिले पूरा हुन्छ यसै भन्न सक्ने अवस्था छैन ।

हुलाकी राजमार्ग

आर्थिक वर्ष २०६४र६५ मा सुरु गरिएको हुलाकी राजमार्गको काम पनि अझै पूरा हुन सकेको छैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विवरण अनुसार हुलाकी राजमार्गको हालसम्मको भौतिक प्रगति ९१ प्रतिशत र वित्तीय प्रगति पनि ९१ प्रतिशत छ ।

यो आयोजना आर्थिक वर्ष २०८२र८३ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

मध्यपहाडी लोकमार्ग

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको काम १६ वर्ष बित्दा पनि सकिएको छैन । यो आयोजना आर्थिक वर्ष २०६४÷६५ मा सुरु गरिएको थियो । पटक–पटक म्याद थप गरी आयोजना आर्थिक वर्ष २०७९र८० सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर हुन सकेन ।

२०८० असार मसान्तसम्म मध्यपहाडी लोकमार्गको भौतिक प्रगति ७२।७ प्रतिशत र वित्तीय प्रगति ७६।८ प्रतिशत भएको छ ।

उत्तर–दक्षिण लोकमार्ग

आर्थिक वर्ष २०६९र७० मा सुरु गरिएको उत्तर–दक्षिण लोकमार्ग कर्णाली कोरिडोर ९हिल्सा–सिमीकोट० ले ११ वर्ष बित्दा पनि पूर्णता पाउन सकेको छैन । २०८० असार मसान्तसम्म उत्तर–दक्षिण लोकमार्गको भौतिक प्रगति २४ प्रतिशत र वित्तिय प्रगति २०।४१ प्रतिशत छ ।

आर्थिक वर्ष २०८३÷८४ सम्म यो आयोजना सम्पन्न गर्ने लक्ष्या राखिएको छ । जुन गतिमा यसको भौतिक र वित्तीय प्रगति छ, त्यही गतिमा काम भइरहे निर्धारित समयमा यो आयोजना पूरा हुन्न । उत्तर–दक्षिण कर्णाली कोरिडोरअन्तर्गत लालीबगर–भुक्काखोला सडक खण्डको काम पनि आर्थिक वर्ष २०६९÷७० बाट सुरु भएको थियो । यो सडक खण्डले पनि हालसम्म पूर्णता पाएको छैन ।

२०८० असार मसान्तसम्म लालीबगर–भुक्काखोला सडक खण्डको भौतिक प्रगति ४३।०८ प्रतिशत र वित्तीय प्रगति २९।५७ प्रतिशत भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । यो सडक खण्ड आर्थिक वर्ष २०८३र८४ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

कालीगण्डकी कोरिडोर

कालीगण्डकी कोरिडोरभित्र पर्ने दुई वटा सडक खण्ड छन् । पहिलो, बेनी–जोमसोम–केरला सडक र दोस्रो, गैंडाकोट–राम्दी–मालढुङ्गा सडक । बेनी–जोमसोम–केरला सडकको निर्माण आर्थिक वर्ष २०७३र७४ र गैडाकोट–राम्दी– मालढुङ्गा सडकको निर्माण आर्थिक वर्ष २०६६र६७ बाट सुरु गरिएको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उपलब्ध गरेको विवरण अनुसार २०८० असार मसान्तसम्म बेनी–जोमसोम–केरला सडकको भौतिक प्रगति ७२ प्रतिशत र वित्तिय प्रगति ६३ प्रतिशत भएको छ । यस्तै, सोही अवधिसम्म गैडाकोट–राम्दी–मालढुङ्गा सडकको भौतिक प्रगति ४५ प्रतिशत र वित्तीय प्रगति ४३ प्रतिशत मात्र भएको छ ।

उत्तर–दक्षिण कोशी कोरिडोर

उत्तर दक्षिण कोशी कोरिडोरको निर्माण कार्य आर्थिक वर्ष २०६५र६६ बाट सुरु गरिएको थियो । सुरु भएको १५ वर्ष बित्दा पनि कोरिडोरको काम सम्पन्न भएको छैन । २०८० असार मसान्तसम्म उत्तर दक्षिण कोशी कोरिडोरको भौतिक प्रगति ४४।८ प्रतिशत र वित्तीय प्रगति ४२।४७ प्रतिशत भएको छ । आर्थिक वर्ष २०८३र८४ सम्म कोरिडोरको काम सक्ने लक्ष्य राखिएको छ ।

रेल्वे तथा मेट्रो रेल विकास आयोजना

आर्थिक वर्ष २०६५र६६ मा रेल्वे तथा मेट्रो रेल विकास आयोजनाको काम सुरु गरिएको थियो । यो आयोजना सुरु भएको १५ वर्ष बितिसकेको छ, तर काम भने आधा पनि भएको छैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार, २०८० असार मसान्तसम्म रेल्वे तथा मेट्रो रेल विकास आयोजनाको भौतिक प्रगति ४३ प्रतिशत र वित्तीय प्रगति ४२।८८ प्रतिशत मात्र भएको छ ।

सिक्टा सिँचाई आयोजना

सिक्टा सिँचाई आयोजना सुरु भएको १८ वर्ष बितिसकेको छ । आर्थिक वर्ष २०६२र६३ मा सुरु भएको यो आयोजनाको काम आधा पनि सम्पन्न भएको छैन । आर्थिक वर्ष २०७९र८० सम्म सिक्टा सिँचाई आयोजनाको भौतिक प्रगति ३९।७६ र वित्तीय प्रगति ३८।९६ प्रतिशत मात्र भएको छ । यो आयोजना आर्थिक वर्ष २०८९र९० सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

रानी जमरा र कुलरिया सिँचाई आयोजना

राष्ट्रिय गौरवको रानी जमरा र कुलरिया सिँचाई आयोजनाको निर्माण कार्य आर्थिक वर्ष २०६७र७८ बाट सुरु गरिएको थियो ।

आयोजना निर्माण सुरु भएको १३ वर्ष बित्दा पनि काम सम्पन्न भएको छैन । प्रधानमन्त्री तथा मन्त्रपषिद्को कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७९र८० सम्म यस आयोजनाको भौतिक प्रगति ६६।९७ प्रतिशत र वित्तीय प्रगति ६५।२४ प्रतिशत भएको छ ।

आर्थिक वर्ष २०८०र८१ मा यो आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

सुनकोशी–मरिन डाइभर्सन आयोजना

आर्थिक वर्ष २०७३÷७४ बाट सुरु भएको सुनकोशी–मरिन डाइभर्सन आयोजनाको काम एक चौथाई पनि सम्पन्न भएको छैन । काम सुरु भएको सात वर्ष बित्दा आयोजनाको भैतिक प्रगति २१।४ प्रतिशत र वित्तीय प्रगति मात्र १९।२ प्रतिशत भएको छ ।

सुनकोशी–मरिन डाइभर्सन आयोजना आर्थिक वर्ष २०८४र८५ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यही गतिमा कार्य भए उक्त समयसम्म आयोजना सम्पन्न हुने देखिँदैन ।

महाकाली सिँचाई आयोजना

महाकाली सिँचाई आयोजना निर्माण कार्य आर्थिक वर्ष २०६३र६४ बाट सुरु गरिएको थियो । आयोजना सुरु भएको १७ वर्ष बिते पनि काम भने २० प्रतिशत पनि भएको छैन । २०८० असार मसान्तसम्म महकाली सिँचाई आयोजनाको भौतिक प्रगति मात्र १९।२९ प्रतिशत र वित्तीय प्रगति १८।९९ प्रतिशत भएको छ ।

आयोजना सम्पन्न गर्ने म्याद आर्थिक वर्ष २०८७र८८ सम्मलाई राखिएको छ ।

भेरी–बबई डाइभर्सन बहुउदेश्यीय आयोजना

आर्थिक वर्ष २०७१र७२ मा सुरु गरिएको भेरी–बबई डाइभर्सन बहुउदेश्यीय आयोजनाको काम आर्थिक वर्ष २०८४र८५ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सुरु भएको ९ वर्ष बित्दा आयोजनाको भैतिक प्रगति ६२ प्रतिशत र वित्तिय प्रगति ५४।८६ प्रतिशत भएको छ ।

बूढी गण्डकी जलविद्युत आयोजना

बूढी गण्डकी जलविद्युत् आयोजना आर्थिक वर्ष २०६९र७० बाट सुरु भएको थियो । आयोजना निर्माण सुरु भएको ९४ महिना ९७।८३ वर्ष० मा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । आयोजना सुरु भएको ११ वर्ष बितिसक्दा पनि काम भने पूरा भएको छैन ।

प्रधानमन्त्री तथा मन्पिपरिषद्को कार्यालयका अनुसार, आर्थिक वर्ष २०७९र८० सम्म आयोजनाको भौतिक प्रगति ९६ प्रतिशत र वित्तीय प्रग्ति ९६।६२ प्रतिशत भएको छ ।

काठमाडौं–तराईरमधेस द्रुत मार्ग आयोजना

राष्ट्रिय गौरवको काठमाडौं–तराई÷मधेश द्रुत मार्ग आयोजनाको निर्माण कार्य आर्थिक वर्ष २०७३र७४ बाट सुरु गरिएको थियो । निर्माण कार्य तीव्र गतिमा गर्न आयोजनाको जिम्मा नेपाली सेनालाई दिइएको थियो ।

सेनाले द्रुतमार्गको निर्माण कार्य सुरु गरेको ७ वर्ष बितिसकेको छ । चार वर्षमा काम सम्पन्न गर्ने गरी सेनालाई दिइएको द्रुत मार्गको काम हालसम्म सम्पन्न हुन सकेको छैन ।

२०८० असार मसान्तसम्म द्रुतमार्गको भौतिक प्रगति २५।५४ प्रतिशत र वित्तीय प्रगति २८।११ प्रतिशत भएको छ । पटक–पटक म्याद थप गरी आयोजना आर्थिक वर्ष २०८०र८१ सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर उक्त अवधिमा कार्य सम्पन्न हुने नदेखिएपछि म्याद २०८३ चैत मसान्तसम्मलाई थपिएको छ ।

राष्ट्रपति चुरे संरक्षण कार्यक्रम

आर्थिक वर्ष २०७१र७२ मा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सुरु गरिएको थियो । कार्यक्रम सुरु भएको ९ वर्ष बितेको छ ।

यो कार्यक्रम २० वर्षे गुरुयोजनाअनुसार आर्थिक वर्ष २०९३र९४ सम्मको लागि बनाइएको थियो । आर्थिक वर्ष २०७९र८० सम्म राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको भौतिक प्रगति ५।७९ प्रतिशत र वित्तीय प्रगति ५।६३ प्रतिशत छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group