ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आजियाटाको वक्तव्यले भविष्यमा वैदेशिक लगानी निरुत्साहित हुनसक्छ, प्रतिकार गरौँ – सांसद श्रेष्ठ


एबीसी न्यूज
१८ मंसिर २०८०, सोमबार   २ : २०   बजे

काठमाडौं, १८ मंसिर । एनसेलको सेयर बिक्रेता कम्पनी आजियाटाको वक्तव्यले नेपालको अन्तर्राष्ट्रिय छविमा आँच पुग्ने र भविष्यमा वैदेशिक लगानी निरुत्साहित हुने भन्दै सांसद सुमना श्रेष्ठले प्रतिकार गर्नुपर्ने बताएकी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सांसद श्रेष्ठले सोमबार संसद्को शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पाँच प्रश्न दर्ता गराएकी छन् । उनले ठूला करदाता कार्यालयले थप निर्धारण गरेको कर बक्यौता कति छ र आजियाटा बाहिरिएको अवस्थामा तिर्ने जिम्मा कसको हुन्छ भन्दै प्रश्न गरेकी छन् ।

श्रेष्ठले पूर्वस्वीकृति नलिइ प्रमुख शेयरधनी आजियाटा बाहिरिदा परिणाम के हुन्छन् रु आजियाटाले बेहोर्नुपर्ने कुनै जरिबाना वा सजाय हुन्छ रु भन्दै प्रश्न उठाएकी छन् । उनले टेलियासोनारले आजियाटालाई एनसेल बिक्री गर्दा निर्धारण गरेको र एक्जियाटाले कबोल गरेको क्यापिटल गेन्स कर पूर्ण भुक्तानी गरेको छ कि छैन रु भन्ने प्रश्न सोधेकी छन् ।

उनले सोसम्बन्धी जानकारी यथाशीघ्र समितिलाई उपलब्ध गराइदिन माग गरेकी छन् । “सोसम्बन्धी जानकारी यथाशीघ्र समितिलाई उपलब्ध गराइदिनुहुन समितिमा माननीय मन्त्री रेखा शर्मा, विगतमा टेलियासोनरा आजियाटा प्रकरणमा मुद्दामा नेपालको पक्षमा बहस गर्नु भएका अधिवक्ता सुरेन्द्र भण्डारी र अधिवक्ता बालकृष्ण न्यौपाने, उद्योग सञ्चालनमा भएका चुनौतीहरू र स्थिति सुधारका लागि लगानी बोर्ड नेपाल र दोहोरो करबारे बुझ्नका लागि आन्तरिक राजस्व विभागका प्रतिनिधिलाई बोलाएर कुराकानी गर्नुपर्ने आवश्यक देखेकी छु,” श्रेष्ठले उल्लेख गरेकी छन् ।

Sumana-Shrestha-1701677978.jpg

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

संसद्‍मा विपक्षी सांसदले भनिन्– धिक्कार छ सीमा जोगाउन नसक्ने सरकार र सेनालाई

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu