ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज पनि हिमपातको सम्भावना, पहाडी क्षेत्रका एक दुई ठाउँमा पानी पर्ने अनुमान


एबीसी न्यूज
१९ मंसिर २०८०, मंगलबार   ७ : ४९   बजे

काठमाडौं, १९ मंसिर ।  आज पनि हिमाली र उच्च पहाडी क्षेत्रका केही ठाउँमा हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । हिजो हिमाली र उच्च पहाडी क्षेत्रका केही ठाउँमा हिमपात भएको थियो । हिमपात भएसँगै हिमाली क्षेत्रका किसान फुरुङ्ग भएका छन् । अहिलेको हिउँले हिउँदे बालीलाई फाइदा पुग्ने किसानले बताएका छन् ।

हिमपातले चिसो भने बढाएको छ । मौसमविद् रोजन लामिछानेका अनुसार नेपालमा पश्चिमी वायुसँगै भारतको उत्तर प्रदेश आसपासमा बनेको न्यून चापिय प्रणाली र बंगालको खाडीमा बनेको आँधीको प्रभाव परेको छ । यही प्रणालीका कारण हिजो देशभरको मौसम बदली भएको थियो ।

मौसम बदली भएसँगै अधिकतम तापक्रम घट्न थालेको छ । हिजो काठमाण्डौको अधिकतम तापक्रम झण्डै ४ डिग्री सेल्सियस घटेको थियो । अस्ति २० देखि २१ डिग्री सेल्सियस रहेको काठमाण्डौको अधिकतम तापक्रम हिजो १७ दशमलव ६ डिग्री सेल्सियसमा झरेको थियो । आज कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक दुई ठाउँमा हल्का वर्षाको सम्भावना पनि रहेको मौसमविद् रोजन लामिछानेले बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बैंकिङ कसुर अभियोगमा शंकर अग्रवाल पुर्पक्षका लागि थुनामा

नेपालमा अब भारू २०० र ५०० का नोट चल्ने

सम्बन्धित

संस्थापनइतर समूहले कार्यक्रमका नाममा निन्दा प्रतियोगिता चलाए : गगन थापा

सिरहामा प्रहरीको गोली चल्यो, २२५ ग्राम खैरो हिरोइनसहित ६ जना पक्राउ

प्रधानमन्त्रीको कूटनीतिक नीति परिवर्तन? परराष्ट्र मन्त्रालयलाई ‘बाइपास’ गरेको दाबी

सरकारले दलहरूबारे घृणा फैलाउँदैछ, प्रतिवाद गर्छौं : केपी ओली

पुष्पलालको जन्मथलोमा मनाइयो स्मृति दिवस

गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार भइरहेको छ :प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu